ज्ञानु पंगेनी
नवलपरासी । स्तन क्यान्सर सम्बन्धि अभिमुखकीकरण कार्यक्रम सनिबार नवलपरासीको कावासोतीमा भएको छ । सामथ्र्य आमा समुह कावासोती ३ को आयोजनामा भएको कार्यक्रममा कुमारी अनमी तालिम केन्द्र कावासोतीकी प्रमुख सरस्वती तिमिल्सीनाले सहजीकरण गर्दै स्तन क्यान्सरले महिलाको मृत्यु हुने दर विश्वमै उच्च रहेकाले स्तन क्यान्सरको बारेमा महिलाले जानीराख्नु अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले स्तन क्यान्सर के कारणले लाग्छ , यसको लक्षण के हुन भन्ने वारेमा जानकारी सहित स्तन क्यान्सर को शंका लागेमा हो की होईन भनि घरमै आफै थाहा पाउन सकिने बताउँदै प्रयोगात्मक रुपमा महिलालाई जानकारी दिनुभएको थियो । उहाँले महिलाले समय समयमा स्तन जाँच गराउनुपर्ने बताउनुभयो ।
सकेसम्म छ महिनामा एक पटक नभए वर्षमा एक पटक महिलाले स्तन जाँच गराउनुपर्ने बताउनुभयो । स्तन दुखेमा , स्तनमा गिर्खा भएमा , स्तनबाट शंकास्पद रुपमा रगत , पिप जस्ता तरलपदार्थ आएमा तुरुन्त स्वाथ्य संस्थामा गएर जचाउनुपर्ने बताउनुभयो । कार्यक्रममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
Comment Here!