सामान्य विवादले बढ्दैछ घरेलु हिंसा


प्रकाशित मिति :2016-07-17 13:55:32

लक्ष्मी दर्नाल  

women cellसुनसरी । इलाका प्रहरी कार्यालय धरानको महिला तथा बालबालिका सेवा केन्द्रमा आर्थिक वर्ष २०७२\०७३ मा घरेलु हिंसा सम्बन्धि उजुरी बढेको छ । शारीरिक यातना, मानसिक, सार्वजनिक तथा आर्थिक सम्बन्धि  घरेलु हिंसाका उजुरी पर्ने गरेको महिला तथा बालबालिकाका सेवा केन्द्रले जनाएको छ ।

आ.ब. ०७२\०७३ मा घरेलु हिंसा सम्बन्धि ३३ वटा उजुरी दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायव निरिक्षक मुना डांगीले बताईन् ।

महिलाहरूमा हिंसा सहेर बस्नु हु“दैन भन्ने भावना जागृत हुन थालेको र महिला अधिकारवादी संघ–संस्थाको सक्रियताले महिला हिंसा सम्बन्धि उजुरीका संख्या बढ्दै गएको उनले जानकारी दिईन् ।

‘यसअघि महिलाले हिंसा सहेरै बस्ने, कसैलाई भन्न डराउने गर्दथे भने अब विभिन्न सचेतनामुलक कार्यक्रमहरू दिनप्रतिदिन हुन थालेकोले महिला सचेत हुन थालेका छन्’ उनले भनिन् । उनका अनुसार घरेलु हिंसा मध्यम र निम्न वर्गका महिलाबाट बढी मात्रामा आउने गरेको छ । ‘विशेष त श्रीमान श्रीमतीवीचको सामान्य झै–झगडाले ठुलो रुप लिन थालेपछि हामी कहाँ आउँछन्, उनीहरूवीच कुरा नमिल्नाले घरेलु हिंसाका घट्ना एक्कासी बढेको देखिन्छ’ उनले भनिन् ।

 सानातिना समस्या, विवाद घरमै छलफल गरी टार्न सकिने मुद्दा पनि ईलाका प्रहरी कार्यालयमा आउने गरेको उनले बताईन् ।  घरेलु हिंसाका उजुरी मध्ये ५ वटा सासु बुहारीवीचको झै–झगडा रहेको डांगीले बताईन् ।

अघिल्ला वर्षमा सासु बुहारीवीच घटना बढी आउने गरेका थिए भने यस वर्ष  श्रीमानश्रीमतीवीचको झगडाका उजुरी बढी आएका छन् । मेलमिलाप हुन नसक्ने मुद्दालाई अदालत पठाउने गरिएको उनी बताउँछिन् ।

विवाह भएको ९\१० वर्षको अन्तरालमा घरेलु हिंसाका घट्ना धेरै हुने गरेको पाइएको उनले बताईन् ।
वैदेशिक रोजगारी, प्रविधि, मादक पदार्थ सेवन, अपरिपक्व प्रेम सम्बन्ध, गरिबी, बहुविवाह, व्यक्तिगत चरित्र हत्या   घरेलुहिंसाको मुख्य कारण रहेको पाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: