सर्मिला बुढाथोकी
दोलखा । बिभिन्न खाले हिंसा तथा विपद्को समाचार संकलन गर्दा प्रभावितहरूको मानसिक आघातको परिवेश बुझ्न पत्रकार महिलाको भूमिका महत्वपूर्ण हुने सदरमुकाम चरिकोटमा सम्पन्न एक अन्तक्र्रियाका सहभागीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रको सहयोगमा दोलखा शाखाले आघात (ट्रमा) तथा पत्रकारिता विषयमा आयोजना गरेको अन्तक्र्रियाका सहभागीले हिंसामा बढीमात्रामा महिला पीडित हुने र त्यस्तो अवस्थाको समाचार संकलन गर्दा पत्रकार महिलाको आवश्यकता र भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रममा मानसिक आघातको परिवेशमा पत्रकारको पेशा र सामाजिक दायित्व तथा आघात विपद् तथा हिंसाका घट्नाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका केन्द्रीय सचिव धर्मेन्द्र कर्ण र केन्द्रीय सदस्य माधव दुलालले जर्वजस्ति करणी, घरेलु हिंसा जस्ता महिलासँग सम्बन्धित घट्नाको समाचार संकलनमा तथ्यगत कुरा प्राप्त गर्नको लागि पत्रकार महिलाको आवश्यकता रहने बताउनु भएको थियो ।
Comment Here!