पानी पार्न महिलाले जोते मध्यरातमा खेत


प्रकाशित मिति :2016-07-18 10:24:41

पार्वती पाण्डे

कपिलवस्तु। असार सकिन लाग्दा समेत पानी नपरेर रोपाईं गर्न नपाएपछि कपिलवस्तुका महिलाले मध्यरातमा खेत जोतेका छन्। यसो गर्नाले वर्षा हुने जनविश्वास छ। रोपाईंको समयमा वर्षा नभएको तथा रोपिएको बिरुवासमेत खडेरीका कारण सुक्न थालेपछि कपिलवस्तुकाे शिवराज नगरपालिका ३ खरेन्द्रपुरका महिला राती १२ बजे गीत गाउँदै, हलो कोदालो लिएर खेतमा पुगेका थिए।

महिलाले रातीमा खेत जोत्दा पानी पर्ने जनविश्वास रहेको छ। खरेन्द्रपुरमा रहेका यादव, मुस्लिम, थारु, विश्वकर्मा, जयसवाल, भर, कुर्मीलगायतका महिला मध्यरातमा खेत जोत्ने कार्यमा सहभागी भएका थिए। पर्याप्त पानी नर्पदा महिलाले रातमा खेत जोत्ने पराम्परा पहिले देखिनै चलिआएको स्थानिय किसलावती जयसवाल बताइन् ।

दशवर्ष पहिले पनि खडेरी हुँदा महिलाले रातीमा खेत जोतेपछि पानी परेको स्मरण गर्दै जयसबालले यसपटकपनि त्यस्तै हुने आशा व्यक्त गरिन्। गतवर्ष पनि पर्याप्त पानी नपर्दा यस क्षेत्रमा पूरा रोपाईं हुन सकेको थिएन। यसवर्ष पनि शुरुमा पानी परे पनि अहिले समयमा पानी नपर्दा किसानमा निराशा छाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: