महिलामा डिप्रेशनको समस्या धेरै


पारिवारीक सहयोग पनि डिप्रेशनको औषधि

प्रकाशित मिति :2016-07-18 11:30:18

सर्मिला बुढाथोकी
nurseदोलखा । ‘पारिवारीक सहयोगले मेरो जीवन बदलियो, अहिले पुर्नजीवनको अनुभूती भएको छ ।’ यो भनाई हो दोलखा भीमेश्वर नगरपालिका वडा नम्बरकी २९ वर्षीया सीता लामाको ।

२०६८ सालमा सहकर्मीले गरेको आर्थिक हिनामिनाले सीतालाई असह्य पीडा दियो । यो बोझलाई सहज लिन नसकेपछि उनी डिप्रेशनमा गईन् । स्वास्थ्यकर्मी(अनमी) सीता परिवारको सहयोगमा बेलैमा उपचार गरेपछि अहिले उनी सामान्य बनेकी छन् ।  सानो कुरालाई ठूलो बनाएर सोच्ने, धेरै तर्क गर्न मन लाग्ने, हरेक कुरामा जित्नै पर्ने बानीले गर्दा मन बेचैन हुन्थ्यो । मेरो स्वभावमा आएको परिवर्तनले सबैलाई चकित तुल्यायो होला – सीताले विगत सम्झिन् ।  मानसिक रोग बेलैमा उपचार गर्दा निको हुने रहेछ । यस्तो बेलामा परिवारको सहानुभूती र हेरचाहको ठुलो भूमिका हुने सीताको भनाई छ ।

दोलखा जिल्लामा सीता यस्तो समस्याको  प्रतिनिधि पात्र मात्रै हुन् । भूकम्पपछि दोलखामा यस्ता समस्या भएका महिला धेरै हुनसक्ने अनुमान गरिएको छ । भूकम्पले मनोसामाजिक समस्या बढ्न सक्ने अनुमान गर्दै दोलखामा मानसिक समस्याको क्षेत्रमा विभिन्न संघ सस्ंथाले काम गर्दे आएका छन् । तर मानसिक रोगको समस्या भूकम्पपछि र अगाडि उस्तै रहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बिभिन्न स्वास्थ्य चौकी मार्फत मानसिक स्वास्थ्य सेवा लिनेहरुमा महिला तीन सय आठ र पुरुष दुई सय ३१ रहेका छन् । त्यसैगरी बहु सांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ नेपाल)बाट मनोसामाजिक परामर्श लिनेमा महिला तीन सय ५६ र पुरुष एक सय ६८ रहेका छन् भने मानसिक रोग विशेषज्ञले एक सय ७५ जनालाई मानसिक समस्या सम्बन्धि सेवा प्रदान गरेको देखिएको छ । मानसिक रोग विशेषज्ञले प्रदान गरेको सेवा लिनेहरूमा पनि महिलानै बढी रहेको संलग्न चिकित्सहरुले बताएका छन् ।

भूकम्पको समयमा भौतिक र मानविय क्षतिले मानसिक तनाव हुनुु स्वभाविकै भएपनि भूकम्प अघि र पछि पनि मनोसामाजिक समस्याको कमी नभएकोे मानसिक स्वास्थ्यमा काम गर्ने टिपिओ नेपालको अध्ययनले देखाएको छ ।

मनोसामाजिक समस्या उपचारपछि ठिक हुन्छ भन्ने ज्ञानको अभाव,  समाजले मानसिक समस्या भएकालाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र  मनोसामाजिक समस्या भएका बिरामीले खुलेर आफ्नो रोगका बारेमा कुरा राख्न नसक्दा समस्या जटिल बन्दै गएको उक्त अध्ययनमा उल्लेख छ ।

आर्थिक अवस्था, सामाजिक संरचना, पारिवारीक समस्या तथा महिला पुरुष भन्दा धेरै सम्बेदनशील हुने भएकाले महिलामा बढी मानसिक समस्या देखिने मानसिक रोग विशेषज्ञ डा पवन शर्मा बताउनुहुन्छ । मानसिक समस्या देखिएकालाई पारिवारीक सहयोग र माया भयो भने पनि त्यस्तो समस्या अन्त्य हुने डाक्टर शर्माको भनाइ छ ।

मनोसामाजिक तथा मनोविमर्शकर्ता कुमार पौडेल पनि धेरैजसो महिलामा मनोसामाजिक समस्या देखिनुमा घरेलु हिंसा, आर्थिक अवस्था, खुलेरै आफ्नो समस्या व्यक्त गर्न हिच्किचाउने समस्या जस्ता कारण रहेको बताउनुहुन्छ । मनोसामाजिक समस्या समाधानका लागि दोलखा जिल्लाका ४८ गाविस र दुई नगरपालिकाका स्वास्थ्य चौकीमा कार्यरत डाक्टर, हेल्थ असिस्टेन्ट, अनमी, अहेव गरी १ सय ३९ जना र महिला स्वास्थ्य स्वयंसेवीका ६ सय ६७ जनालाई तालिम समेत दिइएको टिपिओ नेपालका जिल्ला संयोजक गंगा रिमालले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: