सफारी चालक महिलालाई परिक्षै परिक्षा


बढेन चालक महिलाको संख्या

प्रकाशित मिति :2016-07-18 13:52:35

रमला सिंगक
2 safari11सुनसरी । धरान पाँचकन्याकी ३० वर्षीया हिमाली राईले सफारी चलाउन थालेको छ महिना भयो । उनले छ महिनामा तीनवटा सफारी परिवर्तन गरिसकिन् । शुरुमा गाडी राम्रो ख्याल नगरेको भन्दै सफारी मालिकले सफारी चलाउन दिएनन् । त्यसपछि उनले अर्को सफारी खोजेर चलाईन् । सफारीका मालिकले उनलाई सहजै सफारी दिन मानेनन् ।

सफारी मालिकले ‘छोरी मान्छे भएर चलाउन सक्छौं । तर चक्का, व्रेक आदि विग्रियो भने लगाउन सक्छौं सक्दैनौंलगायत धेरै कुराक सोधेर परिक्षा लिए । केरकारपछि ‘यो सबैको जिम्मा म लिन तयार छु’ भनेर उनले वचन दिइन् । अनि ती मालिकले सफारी चलाउन दिए । तर दिएको डेढ महिनामै भाडा समयमा नतिरेको र सफारी विग्रँदा एक्लै बनाउन नसकेको भन्दै सफारी फिर्ता मागे  ।

एक छोरा र एक छोरीकी आमा उनलाई त्यही सफारीवाट कमाएको पैसाले घरव्यवहार र छोराछोरीको पठाई खर्च जोहो गर्नुपथ्र्यो । उनकी छोरी स्थानीय विद्यालय कक्षा आठ र छोरा पाँच कक्षामा पढ्छन् । सफारी चलाउने भनेर पहिलेको काम छोडेकी उनलाई काम पाउन सहज भएन । फेरि सफारीको खोजीमा निस्किन् । एक महिना खोज्दा बल्ल उनलाई अर्का एक मालिकले पत्याए र दैनिक ६ सय रुपैयाँ तिर्ने शर्तमा सफारी राईलाई जिम्मा लगाए ।

अहिलेसम्म उनले त्यही सफारी चलाईरहेकी छिन् । दैनिक साहुलाई ६ सय रुपयाँ तिरीवरी दिनमा पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैयाँसम्म उनले कमाई गर्छिन् । सफारी चलाउन थालेपछि उनले रोजगारी त पाएकी छन्, तर यसमा चूनौति पनि छ । कुराकानीको क्रममा उनले भनिन्, ‘रोजगारी त पाएकी छु, तर सहज छैन्, विहान ९ बजेमात्र काममा जा पाउँछु, साँझ ६ नवज्दै गाडी थन्काउनुपर्ने हुन्छ । बेलुकीसम्म कुदाउँ भने आफू पनि सुरक्षित हुनुपर्यो, सहकर्मी पुरुषलाई समेत विश्वास गर्न सकिने वातावरण छैन ।’

राई जस्तै ईटहरीकी २६ वर्षीया चन्द्रकला मेहताले पनि एकवर्षदेखि सफारी कुदाईरहेकी छिन् । तीन सन्तानकी आमा उनलाई विहान  ९ वजेभित्र छोराछोरीलाई खाना पकाई खुवाई घरको धन्दा सकेरमात्र काममा जान पाउँछिन् । उनका तीन सन्तान १० वर्ष भन्दा कम उमेरका छन् । उनका श्रीमान पनि मजदुरी गर्छन् । इटहरीको मुख्य वजार इटहरी चोकवाट पूर्व वस स्टेसन तर्फ यात्रु लिएर जाँदै गर्दा भेटिएकी उनले भनिन्, ‘पुरुष भन्दा महिला चालकले निकै नैं समस्या खेप्नुपर्छ । पुरुषहरू बिहानै चिया खाजा खाएर निस्किएपछि बेलाबेलामा खाना तथा नास्ता खान घर गए पुग्छ । तर महिलालाई एकातिर बिहानै श्रीमान्सहित छोराछोरीलाई खाना पकाएर खुवाएर बिद्यालय पठाउनु पर्छ । अर्कोतिर बेलुका पनि चुलो चौकामा काम गर्न समयमै घर फर्किनु पर्ने हुन्छ । घरको काममा श्रीमानलाई वास्ता छैन, दिनभरि सफारी चलाएर थाकेपनि हामीलाई आराम गरेर वस्ने छुट नहुने रैछ ।’

1 safari

साँवा अक्षर समेत नपढेकी उनलाई भोली के गर्ने होला भन्ने चिन्ता छ । यातायात व्यवस्था विभागले सिटि सफारी चालकहरूले पनि अनिवार्य सवारी चालक अनुमतिपत्र चाहिने  व्यवस्था गरेपछि उनी चिन्तित छन् । कुराकानीको क्रममा उनले दोहोर्याई तेह्याई एउटै कुरा उठाईन्, ‘कख पनि लेख्न नसक्ने मलाई लाईसेन्सको लागि लिखित परिक्षा  दिनु पर्ने व्यवस्थाले रोजगारी नै गुम्ने भयो ।’

सफारी चालकलाई लाईसेन्स अनिवार्य गराएपनि अन्य सवारी साधन जस्तो लिखित परिक्षा नगराई प्रायोगात्मकमात्र गराए उनी जस्तै अन्य महिलाको रोजगारी नगुम्ने चन्द्रकलाको भनाई छ ।

हिमाली र चन्द्रकला जस्तै सुनसरी जिल्लामा विद्युुतिय रिक्सा सफारी कुदाउने महिलाको संख्या ७५ जति छ । कोशी अञ्चलमा दर्ता भएको सफारीको संख्या ३ हजार १ सय ३३ वटा छन् । दर्ता नगरिएका सफारी कोशी अंचलका सुनसरी र मोरङमा मात्र करिव पाँच हजारको हाराहारीमा  छन् । तर यातायात व्यवस्था कार्यालयले स्पष्ट तथ्यांक नभएको जनाएको छ ।

दुईवर्ष  यता भित्रिएका विद्युतिय सफारी संचालनमा आएपछि केही ‘महिलाले  रोजगारी पाएपनि  महिला चालकको संख्या भने बढ्न सकेको छैन । महिला चालकलाई सफारी चलाउन सहज वातावरण नभएको चालक सकुन्तला दाहालले वताईन् । उनले भनिन्, ‘एउटा महिलाले बिहानदेखि बेलुकासम्म लगातार कुनैपनि सवारी साधन चलाउनु चूनौति नैं हो  । पुरुषले त राती अवेरसम्म पनि कुदाउँछन्, तर  महिला भने ग्राहक आएपनि असुरक्षाको कारणले नैं साँझै नपरी घर तिर लानु पर्ने बाध्यता छ ।’

सफारी चालक महिलालाई अहिलेसम्म दुव्र्यवहारै गरेको छ भन्ने जानकारी नआएपनि  केही यात्रीले सफारी चढीसकेपछि जिस्काउने र गिज्याउने  गरेको भेटिएको अधिकारकर्मी शिला गजमेर बताउँछिन्  । उनले भनिन्, ‘निर्धक्क  नडराईकन कुदाउन सक्ने सुरक्षा व्यवस्था र राम्रो वातावरण मिल्यो भने महिला चालकको संख्यामा पनि बढ्छ, कतिपय महिला रहर हुँदा हुँदै पनि असुरक्षित हुने डरले यो क्षेत्रमा आउन सकेका छैनन् ।’

सफारी चलाउने महिला अधिकांश गरिव तथा निरक्षर भएकाले यातायात व्यवस्था कार्यालयले मौखिकरुपमा क्षमता तथा सीपको आधारमा लाईसेन्सको व्यवस्था गरे थप महिलाले सफारीवाट रोजगारी पाउने गजमेर बताउँछिन्  ।

महिला चालकलाई  सहज वातावरण बनाउन सुनसरीमा अहिलेसम्म कुनै  कार्यक्रम नभएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पूर्वान्चलका डिएसपी सरोज पौडेलले बताउछन्  । उनले भने ‘इ–रिक्सा चालकको रुपमा महिलालाई पनि सहज वातावरण बनाउन सुनसरीमा केही कार्यक्रम छैनन् ।’ उनले महिला हुन् वा पुरुष दुवैले एकै नियममा चल्नु पर्ने बताए ।

 सुरक्षाका हिसावले महिलालाई समस्या रहेको  उनको भनाइ थियो  ।  उनले भने, ‘आम मानिसको रोजीरोटीसँग जोडिएको कुरा हो । त्यसैले महिला सफारी चालकको सहजताको लागि अब बसेर छलफल गरी केही गर्न सकिन्छ की भनेर यातायात व्यावस्था कार्यालयसँग छलफल गरिरहेका छौं ।’

(सुनसरीका महिला सफारी चालक । तस्बिरः रमला सिंगक/महिला खवर)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: