चीना थापा
विराटनगर । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि एक दलित महिलाले पुनराबेदन अदालत बिराटनगरमा रिट दर्ता गरेकी छ ।
आईतबार घाइते अवस्थामा एम्बुलेन्समा आएकी मोरङ सुन्दरदुलारी नगरपालिका गछियाकी ३५ वर्षीया प्रमिला विश्वकर्माले इलाका प्रहरी बेलबारीले जातिय विभेद र छुवाछुत कसुर तथा ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गराउन नमानेपछि अनुसन्धान गराउन परमादेशको माग गर्दै आईतबार पुनराबेदन अदालत विराटनगरमा रिट निवेदन दिएकी हुन् ।
वचत समूहको आर्थिक अपचलन रोक्न खोज्दा गत जेठ २५ गते छिमेकीहरू मन्दिरा गुरुङ, रन्जना गुरुङ माया राईलगायतले छिमेकी रहिता परियारको घरमा बसिरहेको अबस्थामा बाँस, रडले जातिय गालीगलौज गर्दै मरणसन्न हुने गरि पिटेर तातो आइरनले शरिरमा डामेको घाइते प्रमिलाले आरोप लगाएकी छन् ।
अमानविय घटनामा जाहेरी दिएपनि बेलबारी प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमोनकोले अदालतमा रिट दर्ता गराउन बाध्य भएको प्रमिलालले बताइन् । रिट दर्ता गराउन घाइते प्रमिला आईतबार एम्बुलेन्स चढेर अदालत आएकी थिइन् ।
आक्रणमबाट प्रमिलाको मेरुदण्डमा चोट लागेकोले उठबस गर्न सक्ने अवस्था नभएकाले एम्बुलेन्समा अदालत ल्याउनु परेको आफन्तले बताएका छन् । डाक्टरले ६ महिनासम्म सुतेरै आराम गर्न सुझाव दिएकाले घाइते प्रमिला चौबिस घण्टा सुतेर घरमा आराम गरिहेकी छन् । आफूलाई न्याय दिलाउन प्रमिलाले राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी दिएकी छन् ।
थप समाचार…
Comment Here!