पार्वती पाण्डे

तस्विर : वचत संकलनमा छलफल गर्दै सहकारीमा आवद्ध भएका कोपवाका महिला / पार्वती पाण्डे ।
कपिलवस्तु । एक थुकी सुकी,सय थुकी नदी भने झैं २० रुपैयाँबाट बचत संकलन गरेको महिला सहकारीले एक वर्षमै २६ लाख रुपैयाँ भन्दा धेरै रकम संकलन गर्न सफल भएको छ । वाणगंगा नगरपालिका ११ कोपवा स्थित रहेको “विहानी सामाजिक उद्यमी महिला सहकारीले” छोटो समयमै वचत संकलनमा अग्रता लिएको हो । २०७१ सालमा स्थापना भएको यस सहकारीमा अहिले ९ सय ९५ जना सदस्य छन् उनीहरू विभिन्न ४२ समूह आवद्ध छन् । गाउँमा महिला समूह जम्मा हुने के गर्न सकिन्छ भन्ने वारे छलफल गर्ने अनि योजना अनुसार काम गर्न महिला सक्रिय हुने गरेका छन् । स्थानिय महिलाले रोजगारीका लागि विदेश धाउने महिलालाई समेत चूनाति दिन थालेका छन् ।
समूहका सवै महिला एक भई वचत गर्ने वानीको विकासले महिलालाई आर्थिक समस्या पर्दा सहज हुने, आर्थिक उपार्जन हुने, विभिन्न आयमुलक, सीपमुलक काम गर्न सजिलो हुने भएकाले आफूहरूले उद्यमी महिला सहकारी दर्ता गरी काम अगाडि बढाएको सहकारीका अध्यक्ष कुमारी थापा सुनारी मगरले जानकारी दिनुभयो ।
हाल सहकारीमा शेयर सदस्यहरुले प्रति शेयर एक हजार लगानी लगाएको जसको शेयर पूँजी ९ लाख ९५ हजार संस्थामा रहेको उहाले जानकारी दिनुभयो । शेयर सदस्यले ऋण लिँदा १५ प्रतिशत छुट पाउने गरेका छन् । समूहका सदस्यहरूले हाल वचतलाई वढाएर ५० देखि सय रुपैयाँसम्म वचत संकलन गर्ने गरेको सहकारीका ऋण संयोजक सुर्य कुमारी थारुले जानकारी दिनुभयो । उद्यमी महिला सहकारीलाई नमुना सहकारीका रुपमा विकास गर्दै लैजाने सोच रहेको सहकारीका सदस्य ईश्वरी पाण्डेले जानकारी दिनुभयो ।
कोपवाको सिंगो गाउँ महिलामैत्री बनेको छ , जुनसुकै काम गर्न पनि महिलाहरू पछि पर्दैन, उहाँले भन्नुभयो । केही समस्या पर्दा २ । ४ पैसाकै लागि कसैसँग हात थाप्नु नपर्ने भएपछि स्थानिय महिलामा खुशी छाएको उपाध्यक्ष तुल्शा थापाले प्रष्ट्याउनुभयो । अहिले महिलाले कुनै आर्थिक समस्या पर्नासाथ सहुलियत ब्याजदरमा सहकारीवाट ऋण लिई समस्याको समाधान गर्ने गरेका छन् । महिलाहरूले सहकारीबाट सहुलियत ऋण निकाली आयआर्जनका कामहरू पनि गर्ने गरेको सहकारीले जनाएको छ । स्थानिय माउण्ट एभरेस्ट संस्था अन्तरगत हेफर परियोजनाले प्रवद्र्धन गरेको महिलाहरूको समूहले सहकारी दर्ता गरी अगाडि बढेको संस्थाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो । यस विहानी सामाजिक उद्यमी महिला सहकारीलाई नमुना बनाउने कार्यमा महिलाहरू लागि परेको उहाँले जनाउनुभयो । जिल्लामा ३० वढी महिलाले नेतृत्व गरेका सहकारी रहेका छन् ।
Comment Here!