गर्भावस्था जाँच नै हुन्न


प्रकाशित मिति :2016-07-20 09:38:11

संखुवासभाको उत्तरी क्षेत्रमा धेरै यस्ता गाविस छन् जहाँका महिलाले गर्भावस्था परीक्षण नै नगरी घरमै बच्चा जन्माउनुपर्छ । यसले धेरै आमा र बच्चालाई मृत्युको मुखमा धकेलिरहेको छ ।

छेटु शेर्पा
संखुवासभा । किमाथाङ्का– १ की २१ वर्षीया लाक्पा शेर्पाले घरमै बच्चालाई जन्म दिइन् । गर्भावस्थाको सुरुदेखि नै स्वास्थ्य संस्थामा जाने सल्लाह पाए पनि स्वास्थ्य संस्थामा सुविधा नभएपछि उनी गत मङ्सिरमा घरमै सुत्केरी भइन्, तर छोरालाई जीवित जन्माउन सकिनन् । यस क्षेत्रका दर्जनौँ महिलाले अकालमै ज्यान गुमाएका छन् भने कतिपय मृत शिशु जन्माउन बाध्य छन् । राज्यले गर्भावस्थाको जाँच गर्न प्रोत्साहित गरी भत्ताको समेत व्यवस्था गरेको छ । तर, दुर्गमका गर्भवतीले चाहेर पनि गर्भावस्थाको जाँच गराउन पाउँदैनन् ।

यस क्षेत्रकी शिक्षित वर्गमा चिनिने चेपुवा गाविसकी सामाजिक परिचालक आङचिप्पा भोटेले पनि आफूले गर्भावस्थाको जाँच गर्न नपाएको गुनासो पोखिन् । घरको पचास मिटरनजिकै रहेको स्वास्थ्यचौकीमा प्रसूति सेवा र थप जाँचका लागि कर्मचारी नभएकाले पाँच दिन पैदल हिँडेर खाँदबारी आउन बाध्य भएको उनको गुनासो थियो । उनीजस्तै यस क्षेत्रका धेरै गर्भवती महिलाले आफ्नो गर्भको अवस्था जाँच गर्न पाउँदैनन् । जसले गर्दा आमा र बच्चाको मृत्यु हुने सामाजिक परिचालक आङचिप्पाको भनाइ छ ।

दुर्गम मानिने भोटखोलाका किमाथाङ्का, पावाखोला र चेपुवा गाविसमा बर्थिङ सेन्टर छैनन् । बर्थिङ सेन्टर अभावले यहाँ पचासभन्दा बढी आमाले गर्भावस्था जाँच गर्न पाउँदैनन् र केहीले अकालमै ज्यान गुमाउनुपरेको छ । पहुँच हुनेहरू हेलिकोप्टर चार्टर गरेर सुविधासम्पन्न अस्पतालमा जाने गर्छन् । तर, गरिब आमाहरूले स्वास्थ्य जाँचसँगै नियमित गर्भ जाँच गर्न नपाएको चेपुवाका गाविससचिव तारिणी घिमिरेले बताए । दुर्गममा थप सुविधाको व्यवस्था हुनुपर्ने माग स्वास्थ्य कार्यालयसँग गरे पनि हालसम्म प्रसूति सेवा र दक्ष कर्मचारीको व्यवस्था नभएको उनको गुनासो छ । उनी भन्छन्, ‘सबैले गर्भावस्थाको जाँच गर्न पाउने व्यवस्था तत्काल सरकारले गरिदियोस् ।’

सदरमुकाम खाँदबारी र सुविधासम्पन्न स्वास्थ्य संस्थामा गर्भवती आमालाई लाने क्रममा बाटामै मृत्यु भएका घटना रहेको किमाथाङ्काका सामाजिक परिचालक कामी नावाले बताए । चाहेर पनि गर्भ जाँच गर्न नपाएपछि सुत्केरी हुन नसकेर कतिपयको मृत्यु भएको उनको भनाइ छ । भोट खोलावासीले प्रमुख जिल्ला अधिकारीसँग पटकपटक बर्थिङ सेन्टर खोलिदिन माग गरे पनि कुनै सुनुवाइ हुन नसकेको किमाथाङ्का तेन्छेवी शेर्पाले बताए । उनले भने, ‘राज्यका उच्च ओहोदामा बस्नेले हाम्रो कुरामा चासो दिँदैनन् । अहिले पनि समस्या उस्तै छ ।’ यस क्षेत्रमा एक गाउँदेखि अर्को गाउँ पुग्न दुई दिनसम्म हिँड्नुपर्ने हुन्छ ।

गर्भवती महिलाले ४, ८ र ९ महिनामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएबापत एक हजार नौ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने र स्वास्थ्य संस्थामा सुत्केरी गराए एक हजार पाँच सय रुपैयाँ भत्ता दिने व्यवस्था छ ।

किमाथाङ्का स्वास्थ्य संस्थामा दुई महिनाअघि अनमी करारमा पठाइएको छ । त्यो पनि ‘स्किल बर्थ एटेन्डेन्ट’ तालिम लिएका छैनन् । त्यहाँ आएका गर्भवतीलाई सुत्केरी गराउँदा स्वास्थ्य संस्थामा भौतिक सामग्रीको अभावले सुत्केरी र बिरामीलाई समस्या हुने इन्चार्ज निमाछेदर शेर्पा बताउँछन् । यता चेपुवा स्वास्थ्यचौकी प्रमुख नोर्चे भोटे चार सय ४६ परिवार रहेको गाविसमा गर्भवती आमाको स्वास्थ्य जाँच गर्न प्रविधि र भौतिक संरचनामा समस्या भएको बताउँछन् । अनमी इन्द्रकुमारी भोटे र अर्का एक अनमी करारमा राखेर काम गर्दै आए पनि दक्ष कर्मचारी अभावले समस्या भोग्नुपरेको उनले बताए । दुर्गममा दरबन्दी भए पनि कर्मचारी नबस्ने र मन्त्रालय, विभाग र जिल्ला कार्यालयले पनि दुर्गमलाई कम महत्व दिने भोटेको गुनासो छ ।

तालिम लिएका अनमीको व्यवस्था गरेर सेवा विस्तार गरेका स्वास्थ्य संस्था पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको माङतेवाका गंगाबहादुर राई बताउँछन् । जिल्ला अस्पताल खाँदबारी, प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु र चैनपुर, स्वास्थ्यचौकी ३६, सामुदायिक स्वास्थ्य इकाइ केन्द्र सातवटा गरी जम्मा ४६ वटा स्वास्थ्य संस्था छन् । जिल्ला स्वास्थ्य कार्यालय आमा सुरक्षा कार्यक्रम शाखाकी प्रमुख भवानी तिम्सिनाले २८ स्वास्थ्य संस्थामा प्रसूति सेवा विस्तार गरेको बताइन् । आउने दिनमा दुर्गमका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

तर, कार्यक्रम जे–जस्ता भए पनि हालसम्म पनि यस जिल्लाका दुर्गम क्षेत्रका गर्भवतीले चाहेर पनि स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न पाउँदैनन् । सात दिनसम्म धाएर जाँच गर्नुपर्ने बाध्यता भएकाले तत्काल सुविधा पु¥याउन सके आमा र बच्चाको जीवन जोगिने थियो ।

(संचारिका फिचर सेवा)
(छेटु, संखुवासभाका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: