उपभोक्ता समितिमा महिला नेतृत्व न्यून


प्रकाशित मिति :2016-07-20 11:13:45

सर्मिला बुढाथोकीे
दोलखा । जिल्ला विकास समिति दोलखा अन्र्तगत विकास निर्माणका योजना सञ्चालनको लागि बनेका उपभोक्ता समितिको नेतृत्व तहमा महिलाको अत्यन्त न्यून सहभागिता छ ।

आर्थिक बर्ष ०७२/०७३ मा जिल्लामा सञ्चालित ६ सय ३४ वटा योजनाको लागि निमार्ण भएको उपभोक्ता समितिको सदस्य तथा पदाधिकारीमा ४० प्रतिशत महिलाको सहभागिता रहेको छ । ५ हजार ७ सय ६ जना सदस्य तथा पदाधिकारी रहेको समितिमा २ हजार २ सय ८० जना महिलाको प्रतिनिधित्व भएपनि नेतृत्व गर्ने अध्यक्ष पदमा भने ६ जना महिला छन् । उपभोक्ता समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एउटा पदमा अनिवार्य सहित कम्तिमा ३३ प्रतिशत महिला रहनु पर्ने प्रावधान छ । महिला सशक्तिकरणका लागि महिला प्रतिनिधित्व अनिवार्य गरिए पनि समिति निर्माण गर्दा त्यसलाई झारो टार्नको लागि मात्र उपयोग गरिएको सहभागी महिला बताउँछन् ।

जिल्ला विकास समिति दोलखाका आन्तरिक लेखा परिक्षक अधिकृत जगदीश अर्याल उपभोक्ता समितिमा महिलाको प्रतिनिधित्व तोकेभन्दा बढी पाईए पनि त्यो अधिकार उपयोगको हिसाबले सन्तोसजनक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘महिला सहभागिता निर्णायक तहमा हुनुपर्छ जसको लागि समितिमा प्रतिनिधित्व गराउनेसंगै क्षमता अभिबृद्धिको लागि समेत कार्यक्रम सञ्चालन गरिनु पर्छ ।’
आन्तरिक लेखा परिक्षक अधिकृत अर्यालका अनुसार समितिमा महिला प्रतिशत अनिवार्यसँगै महिला सशक्तिकरणको लागि थप योजनाहरू समेत सञ्चालन गर्नु आवश्यक रहेको छ  ।

आर्थिक बर्ष ०७२/ ०७३ मा जिल्ला विकास समिति दोलखाबाट चालु तर्फ १ करोड ६९ लाख ३१ हजार ५ सय ६७ र पूजिगत तर्फ २ करोड २ लाख ४ सय ६१ रुपैया फिर्ता गएको तथ्याङ्कले देखाएको छ । उपभोक्ता समितिमा महिलाको प्रतिनिधित्वसंगै अधिकार उपयोग र निर्णय तहमा पनि भूमिका देखिएको भए जिल्लाको यति धेरै बजेट फिर्ता नहुने स्थानीयको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: