महिला लक्षित बजेट भवन निर्माणमा


प्रकाशित मिति :2016-07-20 12:06:42

यमुना खनाल
सिराहा । नेपाल सरकारले महिला, बालबालिका, आदिबासी, जनजाती, अपाङ्ग, तथा पिछडा बर्गको क्षमता विकासको लागि छुट्याएको ३५ प्रतिशत रकम अन्त खर्च हुदै आएको छ ।  ऐन, नियम र निर्देशिका मिचेर सिरहाको महदेवा पोर्ताहा गाविसमा महिला र बालबालिका लक्षित समुहको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको छ ।

 सिरहाको महदेवा पोर्ताहा गाबिसमा महिला र बालबालिका लक्षित बजेटबाट प्रतिक्षालय निर्माण गर्दै ।

सिरहाको महदेवा पोर्ताहा गाविसमा महिला र बालबालिका लक्षित बजेटबाट प्रतिक्षालय निर्माण गर्दै ।

लहान नगरपालिका वडा नंम्बर ११ मा पनि लक्षित समुहको १५ प्रतिशत रकम मध्ये ज्येष्ठ नागरिक, पिछडा बर्ग , आदिबासी जनजातीको सशक्तिकरणको लागि खर्च गर्नु पर्ने बजेट मञ्च निर्माणमा खर्च गरिएको छ । महदेवा पोर्ताहा गाबिसमा महिला र बालबालिकाको  लक्षित बजेटबाट एक/एक लाख गरी जम्मा २ लाख रुपैया प्रतिक्षालय निर्माणमा खर्च गरिएको छ । उक्त रकम निर्देशिका विपरीत  विकास निर्माणमा खर्च गरेपछि महिला, बालबालिका तथा अन्य लक्षित समुहको सशक्तिकरणमा अवरोध पुग्ने भएको हो ।

पूर्ब गाविस अध्यक्ष तथा संघीय समाजबादी फोरम नेपालका नेता राम नारायण यादवले महिला तथा बालबालिकाको क्षमता विकासको लागि आएको बजेट विकास निर्माणमा लगाउनु ठूलो भूल भएको बताए । उनले भने ‘यसलाई रोक्ने प्रयास भएपनि नसकेपछि महिला लक्षित बजेट भौतिक संरचना निर्माणमा खर्च गर्ने योजनालाई परिषदबाट पास गर्दा हस्ताक्षर गरिनँ ।’

कांग्रेस नेता तथा पूर्ब गाबिस उपाध्यक्ष राम बिलास यादबले गाबिसमा आउने सेवाग्रहीलाई बस्ने ठाँउ नभएकाले महिला र बालबालिकाको १०  प्रतिशत बजेट लगाएर प्रतिक्षालय निर्माण गर्न लागिएको बताए । उनले प्रतिक्षालयमा महिला पनि बस्ने हुदा महिला लक्षित बजेट अन्य शिर्षकमा खर्च नगरेको जिकिर गरे । भने ‘महिलाकै लागि प्रतिक्षालय बनाईरहेका छौँ ।, पुरुष स्कुलमा र गाविस भवन जतापनि बस्न सक्छ तर महिलालाई पुरुष जस्तो जताततै बस्न समस्या हुने भएकाले महिलाको बजेट विकासमा खर्च गरेको हो ।’

लहान नगरपालिका ११ मा जेष्ठ नागरिक, आदिबासी जनजाती, पिछडा बर्गको लक्षित बजेट बाट निर्माण गएिको मन्च ।

लहान नगरपालिका ११ मा जेष्ठ नागरिक, आदिबासी जनजाती, पिछडा बर्गको लक्षित बजेट बाट निर्माण गएिको मन्च ।

स्थानीय राजनीतिक दलको प्रस्तावमा प्रतिक्षालय निर्माण गर्ने योजना गाविसले पास गरेको सचिव ठाकुरले जानकारी दिए । स्थानीयले ल्याएका योजना नसमेटे गाविस सचिवको तत्काल सरुवा गराउने जस्ता काम राजनीतिक तहबाट हुने हुँदा दबावमा निर्णय लिनु पर्ने बाध्यता रहेको ठाकुरको गुनासो छ । गाँउका आवश्यकता र प्राथमिकताका आधारमा योजना ल्याएको भन्दै परिषदबाट पास गर्न राजनीतिक दलले दबाव दिने हुदा निर्देशिका बिपरित भए पनि बाध्य भएर पारित गर्नु पर्ने सचिब ठाकुरको भनाई छ ।

स्थानीय निकायले खर्च गर्ने लक्षित समुहका बजेट विकास निर्माणमा लगाउनु नीतिगत भ्रष्टाचार हो भन्छन् नागरिक अगुवा राजेन्द्र चौधरीे । उनी भन्छन् , ‘भौतिक  पुर्वाधार मात्र विकास गर्नुृलाई विकास भनिदैन, विकसित समाज, देश हुनलाई त त्यहाँ बसोबास गर्ने सबै वर्ग, क्षेत्र, लिङ्गको विकासमा समान पहुँच हुनु पर्छ ।’

स्थानीय स्वायत्त शासन ऐन २०५६ अन्तर्गतको कार्यसञ्चालन निर्देशिकामा लक्षित समुहको बजेट उनीहरुको सीप तथा क्षमता विकास र त्यसको पूर्बाधार विकासको लागि मात्र खर्च गर्न पाउने व्यवस्था गरे पनि लक्षित समुहको  बजेट मध्ये अधिकांश ठाँउमा  महिला, बालबालिका तथा जेष्ठ नागरिकको लागि खर्च गर्नु पर्ने बजेट सबैभन्दा बढी दुरुपयोग गरिएको देखिएको छ । महिला लक्षित बजेट महिलाको क्षमता विकास, बिभिन्न तालिम संचालन गर्नु पर्ने वजेट  कमिसनको खेलमा विकास निर्माणमा खर्च भए पनि यसको अनुगमन र नियमन कतैबाट भएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: