लैङ्गिक उत्तरदायी बन्दै जिविस


प्रकाशित मिति :2016-07-20 12:51:54

विदुर आचार्य

GBS
सिन्धुपाल्चोक । जिल्ला विकास समितीले लक्षित वर्गको बजेट प्रभावकारी उपयोग गर्न सफल भएको जनाएको छ । लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी बजेट परिक्षण प्रतिवेदनले प्रभावकारीता प्रष्ट्याएको हो ।

आर्थिक वर्ष ०७२/०७३ मा कुल ८३ प्रतिशत बजेट सम्बन्धित शिर्षकमा खर्च भएको प्रतिवेदनले देखाएको छ । समुदाय रहेका महिला, बालबालिका, बिपन्न, जेष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी, जनजाती लगायतका तथ्याङ्क संकलन, सम्बन्धित सरोकारवालासँग छलफल, योजना तर्जुमा र कार्यान्वयनको प्रक्रियातग रुपमा प्रभावकारी कार्यक्रम गरी समयमै बजेट समेत फछ्यौट भएको देखिएको छ ।

महिला उत्थानको लागि भएको कार्यक्रम स्वास्थ्य सुधार, शिक्षामा पहुँच, कानुनी शिक्षा र चेलीवेटी बेचबिखन बिरुद्धको कार्यक्रम प्रभावकारी भएको बजेट परिक्षण गर्ने एक सदस्य ज्ञानेद्र तिमल्सिनाले जानकारी दिएका छन् । महिलाको स्वरोजगार, आयमुलक र सीपमुलक लगायत स्थानिय स्वयत्त शासन ऐनमा भएका प्रावधान अनुसार कार्यक्रम उपलब्धीमुलक बनाउन जिविस सफल भएको छ ।

नेपाल सरकारको लैङ्गिक तथा सामाजिक समावेशी विकासका नीति र प्रतिवद्धता, मानव संसाधन र सम्बन्ध बिस्तार, सुशासन, आन्तरीक संरचनालगायत योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांङ्कन, स्थानिय निकायको क्षमता विकास र स्थानिय निकायमा लैङ्गिक तथा सामाजिक समावेशी विकासका कार्यक्रममा जिविसले प्रभावकारी कार्यक्रम गरेको लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी बजेट परीक्षण ०७३ मा उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: