महिला खबर
सुनसरी । पुनरावेदन अदालत विराटनगरले इलाका प्रहरी कार्यालय बेलबारीलाई मोरंग सुन्दर दुलारीकी प्रमिला बिश्वकर्माको मुद्दा दर्ता नगर्नुको कारण लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
पुनरावेदन अदालत विराटनगरका न्यायाधिश पुष्पराज कोइरालाको एकल इजलासले इलाका प्रहरी कार्यालय बेलबारीलाई १५ दिन भित्र कारण देखाउ आदेश जारी गरेको हो ।
बिश्वकर्माले साउन २ गते पुनराबेदन अदालत बिराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराएकी थिईन् । जातीय बिभेद र छुवाछुत कसुर तथा ज्यान मार्ने उद्योगको मुद्दा गर्न खोज्दा इलाका प्रहरी कार्यालय बेलबारीले मुद्दा दर्ता गर्न नमानेको हो ।
गत जेठ २५ गते छिमेकीहरु मन्दिरा गुरुङ, रन्जना गुरुङ र माया राईले बचत समुहकी अध्यक्ष रहेकी प्रमिलालाई छिमेकी रहिता परियारको घरमा बसिरहेको मौका छोपी बाँस, रडले गालीगलौज गर्दै कुटपिट गरेको प्रमिलाले आरोप लगाएकी छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीले भने किस्ताको रकम संकलन गर्ने विषयमा झगडा हुँदा दुवै समूहकालाई चोट लागेको र दुवै तर्फलाई राखेर मिलापत्र गराउन खोजेपनि प्रमिलाले नमानेको बताएको छ ।
थप समाचार…
Comment Here!