सर्मिला बुढाथोकी
दोलखा । समयमा उपचार नपाउँदा घ्याङसुकाठोकर ९ घर भएकी एक सुत्केरीको मृत्यु भएको छ । घरमै सुत्केरी गराएको २२ वर्षीय विनिता कार्कीको अवस्था नाजुक भएपछि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यकर्मीद्वारा घरमा सुत्केरी गराएकी कार्कीको अवस्था जटिल भएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतक कार्कीलाई एक्लामसीयाको ( हातखुट्टा सुन्निने, पिसापमा प्रोटिन अत्यधिक जाने, बढी रक्तश्राव हुने ) समस्या देखिएको र समयमा अस्पताल नल्याएकोले बचाउन नसकिएको चरिकोट प्राथमीक स्वास्थ्य केन्द्रले जनाएको छ । उनले जन्म दिएको शिशुको अवस्था सामान्य रहेकोे छ ।
Comment Here!