पार्वती पाण्डे
कपिलवस्तु । जिल्लाभरिका ५१ जना बालिका ४३ औं ब्याज राष्ट्रिय सेवा दलको तालिममा छनौट भएका छन । राष्ट्रिय सेवा दलद्वारा संचालित जुनियर डिभिजन तालिममा उनीहरु छनौट भएका हुन ।

तस्विर : जिल्लाको ऐतिहासिक स्थल राम गोरखा उच्च मावि वहादुरगञ्ज १ कपिलवस्तुमा “४३ औं ब्याज राष्ट्रिय सेवा दल तालिम ” मा सहभागि हुदै वालिकाहरु / पार्वती पाण्डे ।
जिल्लाको तौलिहवा, गोरुसिंगे र बहादुरगञ्जमा उक्त तालिम शुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कालीजंग गणका गणपति प्रमुख सेनानी पदम बहादुर बुढाले बालबालिकाको अनुशासन, वफादारीता, नेतृत्व विकास , प्राकृतिक विपद व्यवस्थापनमा परिचालन गर्ने जनशक्ति तयार गर्ने लगायतका उद्देश्य राखी तालिम प्रदान गरिएको जानकारी दिनु भयो । यो वर्ष जिल्लाका १४ देखि १६ वर्ष सम्मका १ सय ३ बालबालिकालाई यस प्रकारको तालिम दिइने जानकारी दिनुभयो ।
तालिममा बालबालिकाको समान सहभागिता रहेको र यसले लैंगिक समानतलाई पनि ठुलो टेवा पुगेको प्रमुख सेनानीले बताउनुभयो । बुढाले भन्नुभयो ‘तालिम सय दिनको प्याकेजमा दैनिक डेढ घण्टा सिकाइने छ , जुन तालिम जिल्लामा ७९ दिन र नवलपरासीको सामुहिक क्याम्पमा २१ दिन हुने छ ।’
विद्यालयका प्राचार्य प्रदिप कुमार सिंहले यस प्रकारको तालिमले बालबालिका अनुशासित हुने र राष्ट्र प्रतिको स्नेह बढ्ने जिकिर गर्नुभयो । तालिममा बालबालिकाले निकै रुचि राख्ने गरेको राष्ट्रिय सेवा दलका प्रशिक्षक जितबहादुर सिंजालीले बताउनुभयो । यस वर्ष मुलुकभरका ४ हजार बालबालिकाले यस प्रकारको तालिम लिने अवसर पाएको र हाल सम्म देशभरका १९ हजार बालबालिकाले यस प्रकारको तालिम लिइसकेका कालीजंग गण गोरुसिंगेले जनाएको छ ।
Comment Here!