संकल्पको क्षेत्रिय अधिवेशन


प्रकाशित मिति :2016-07-21 14:11:00

महिला खबर
ललितपुर । संकल्प (शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल) को क्षेत्रिय अधिवेशन विहिबारदेखि ललितपुरमा शुरु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानाले संकल्पले नाम जस्तै काम गरेर देखाउनेमा विश्वस्त रहेको बताएका छन् । उनले भने ‘संकल्पले शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाललाई राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व गराउनमा सफल हुने विश्वास गरेको छु ।’

संकल्पकी केन्द्रिय अध्यक्ष दुर्गा सोबले राष्ट्रको प्रमुख तीन स्थानमा महिला पुग्नु सकारात्मक भएपनि यो नै पूर्ण सफलता होइन भन्दै राज्यले हरेक क्षेत्रमा महिलाको सहभागीता ३३ प्रतिशत अनिवार्य भनेर ल्याएको अवधारणा लागु भएको छ छैन संकल्पले अध्ययन गरी लागु गराउन दबाव दिने मुख्य उद्वेश्य रहेको बताईन् ।

अधिवेशनमा सबै क्षेत्रको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्ने योजना रहेको जनाईएको छ । सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, पूर्वाञ्चलबाट सहभागी आएका छन् । निर्वाचन शुक्रबार हुने संकल्पकी उपाध्यक्ष लिली थापाले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: