दिक्षालाई अन्र्तराष्ट्रिय रेड रिवन अवार्ड


प्रकाशित मिति :2016-07-21 14:40:30

महिला खबर

चितवन । एचआइभी संक्रमित दिक्षा रिमाल १० हजार डलर राशीको अन्र्तराष्ट्रिय रेड रिवन अवार्ड २०१६ बाट सम्मानित भएकी छिन् । अफ्रिकामा सम्पन्न २१ औं अन्र्तराष्ट्रिय एड्स सम्मेलन २०१६ को अवसरमा आयोजित समारोहमा दिक्षालाई सम्मान गरिएको हो । कक्षा ८ मा पढ्दापढ्दै बिवाह गरेकी दिक्षा श्रीमानको कारण एचआईभी संक्रमित भएकी थिइन् ।

13775893_745848088888453_7119572734963528382_n

संक्रमित भएको थाहा पाएपछि उनले समाजमा संक्रमितका लागि काम गर्दै आएकी थिइन् । उन्ले रोग लुकाएर नराख्न र औषधी सेवन गर्न अन्य संक्रमितलाई पनि जनचेतना दिने काम गर्दै आएकी छन् । श्रीमानले औषधी खान नमाने कै कारण उनका श्रीमानले ज्यान गुमाएका थिए । उनकी छोरीको पनि एचआईभी संक्रमणको कारण मृत्यु भयो ।

उनले चितवन सक्रिय प्रतिष्ठान मार्फत संक्रमितको लागि काम गर्दै आएकी छन्  । उनी यस संस्थाकी अध्यक्ष हुन् । प्रतिष्ठानले एच.आई भी, यौनरोग सम्बन्धी सूचना शिक्षाको कार्यक्रम, परार्मश कक्षा, निशुल्क रगत परिक्षण,  औषधी   वितरण लगायतका काम गर्ने गरेको छ । संक्रमितलाई आवश्यक परेको अवस्थामा बस्ने व्यवस्था समेत छ । प्रतिष्ठानमा ३४ जनाले रोजगारी पाएका छन्  ।

प्रतिष्ठानमा अहिले ७५ जना एचआइभी संक्रमित बालबालिकाले आश्रय लिइरहेका छन् । अध्यक्ष रिमालले सन् २००५ को मिसेस एचआइभी  फ्रि स्टिग्मा कन्टेष्ट  लगायतका स्थानिय र राष्ट्रिय सम्मान समेत पाएकी थिइन् । एचआइभी संक्रमितलाई खुलेर जीवन जीउन र आत्मनिर्भर बनाउन गरेको अभियानको आधारमा पुरस्कार पाउन सफल भएको  जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: