महिला खबर
पोखरा । नेपाल नर्सिङ संघ कास्कीले कार्यालय भवन निर्माणको लागि सांस्कृतिक कार्यक्रम गरी आर्थिक संकलन गर्ने भएको छ । सहयोग संकलनको लागि पोखरा सभागृहमा साउन ८ गते सास्कृतिक कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
पोखराका १० वटा नर्सिङ क्याम्पसका बिद्यार्थीहरुको सास्कृतिक प्रस्तुती सहित ख्यातिप्राप्त कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको संघकी सचिव मुना सिलवालले जानकारी दिनुभयो । कार्यक्रममा लोकदोहोरी कलाकार प्रजापति पराजुली, पुरुषेत्तम न्यौपाने, बद्री पंगेनी, जीवन दाहाल, प्रिती आले, सरला पाण्डे, काजल गुरुङ तथा आधुनिक तर्फ हेमन्त शर्मा र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहने बताईएको छ ।
कार्यक्रम अवलोकनका लागि टिकटदर एक हजार, तीन सय, दुई सय र एक सय रुपैयाँ राखिएको छ । सास्कृतिक कार्यक्रम सम्पन्न गर्न संघकी सचिव मुना सिलवालको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ । सांस्कृतिक कार्यक्रम मार्फत जुटेको रकम भवन निर्माणकालागि पर्याप्त नभए पनि ‘सिड मनि’ को रुपमा राखिने अध्यक्ष क्षेत्र रोकाले बताउनु भयो । कार्यक्रमबाट लगभग ९ लाख रुपैयाँ आम्दानी हुने र साढे तीन लाख खर्च कटाएर साढे पाँच लाख रुपैयाँ बचतको लक्ष्य राखिएको छ ।
२०६१ सालमा खरिद गरिएकोसंघको पोखरा ११ फुलवारीमा रहेको ४ आना क्षेत्रफल जग्गामा भवन निर्माणको आर्थिक संकलन अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रमलगर्न लागिएको हो । सास्कृतिक कार्यक्रम मार्फत केहि रकम मात्रै जम्मा हुने भएकाले थप रकम संकलनको लागि सहयोग संकलन समिति गठन गरी अभियान थालिने संघले जनाएको छ ।
Comment Here!