सर्मिला बुढाथोकी
दोलखा । महिला बेचविखन विरुद्ध इन्हुरेड इन्टरनेशनल नेपालले दोलखाको ५ वटा गाविसमा जनचेतनामूलक सडक नाटक सम्पन्न गरेको छ ।
चरिकोट, जिरी, सिंगटी, तामाकोसी र लापिलाङमा चेतना मूलक सडक नाटक अभियान सञ्चालन गरिएको इन्हुरेड इन्टरनेशनल नेपालका दोलखा संयोजक कृष्ण बस्नेतले जानकारी दिएका छन् ।
इन्हुरेड इन्टरनेशनल नेपालले दोलखाको लापिलाङ गाविसमा महिला सशक्तिकरण तथा महिला बेचबिखन विरुद्ध चेतना मूलक अभियान अन्र्तगत बिभिन्न तालिम तथा गोष्ठिको समेत आयोजना गर्दै आएको वस्नेतले बताए ।
दोलखामा महिला बेचविखनको समस्या नदेखिए पनि संभावित दुर्घटनालाई रोक्न चेतना मूलक अभियान सञ्चालन गरिएको वस्नेतको भनाई छ ।
Comment Here!