१३औं पल्सर अवार्ड ३ महिलालाई


प्रकाशित मिति :2016-07-22 11:22:37

महिला खबर
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १३औँ पल्सर अवार्ड २०७२ वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट महिला वर्ष खेलाडी जुडोकी फुपुल्हामु खत्री  र फुटबलका नवयुग श्रेष्ठ उत्कृष्ट  वर्ष पुरुष खेलाडीको उपाधि हात पार्न सफल भएका छन् ।

 जुडोकी फुपुल्हामुले एक स्वर्णपदकसहित पाँच अन्तर्राष्ट्रिय पदक नेपाललाई दिलाएकी छन् । ताप्लेजुङकी फुपुले १२औँ सागमा नेपाललाई २१ वर्षपछि जुडोमा स्वर्ण दिलाइन् । साग इतिहासमा जुडोमा पहिलो स्वर्ण जित्ने उनी एक मात्र महिला खेलाडी हुन् । गत फेबु्रअरीमा भारतको सिलोङमा सम्पन्न १२औ“ सागको जुडोतर्फ स्वर्ण छिनोफानो राउन्ड रोबिन लिग आधारमा भएको थियो । त्यस्तै गरी पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरेकी छिन् । ६ वर्षको कलियो उमेरमै दुवै हात गुमाएकी सीता भण्डारीले गत वर्ष आइडब्लुएएस विश्व पारा तेक्वान्दोमा नेपाललाई कास्यपदक दिलाउन सफल भइन् । उनले नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक दिलाएकी छिन् ।

यसैगरी लाइफ टाइम एचिभमेन्ट पिपुल्स च्वाइस टेबलटेनिसकी नविता श्रेष्ठले प्राप्त गरकी छिन् । लगातार पाँचौँपटक राष्ट्रिय च्याम्पियन भएकी नविताले १२औँ सागमा एलिना महर्जनसँग मिलेर महिला डबल्समा नेपाललाई कास्यपदक दिलाएकी थिइन् । यसैगरी, नेपालले क्वालालम्पुरमा सम्पन्न विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा ५९औँ वरीयताको इस्टोनिया र पाकिस्तानमाथि जित हात पार्दा उनको प्रदर्शन मुख्य थियो । अहिले उनी विश्व वरीयतामा चार सय २३औँ स्थानमा पुगेकी छिन्। २३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाएको राष्ट्रिय फुटबल टोली टिम अफ दी इयर घोषित भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: