महिला खबर
ललितपुर । साथी संस्थाले महिला आन्दोलन कार्यक्रम मनाएकोे छ । कार्यक्रममा साथी संस्थाकी संस्थापक सदस्य बन्दना राणालाई सिड समिति सदस्य निर्वाचित भएकोमा बधाई तथा सम्मान कार्यक्रम समेत गर्यो ।
उनी सिड समितिमा निर्वाचित हुने पहिलो नेपाली सदस्य हुन् । राणा गत जुन २१ तारिखमा सिडको समिति सदस्यमा निर्वाचित भएकी हुन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले बन्दना राणाको जीत नेपालको संविधानले महिलाको समान सहभागीता गराउन अनिवार्य गरेकोले बन्दना राणाको जीत हुन सहज भएको बताए । उन्ले भने ‘नेपालको कानुन बनाउन र महिलाको हक अधिकार सुनिश्चित गराउन खेलेको महत्वपुर्ण भुमिकाको कारण राणाको जीत भएको हो ।’
कार्यक्रममा नेपाल परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले बन्दना राणाको विजयले नेपालीले धेरै आशा गरेको बताएका छन् । उनले भने ‘बन्दणा राणाको विजय हामी पौने तीन करोडको विजय हो, यसबाट नेपालीले धेरै आशा गरेका छौं ।’
बरिष्ठ अधिकारकर्मी चाँदनी जोशीले बन्दना राणाको महिलाको हक अधिकारको लागी गरेको मिहेनत र लगावले सफलता पाएको बताएकी छिन् । बन्दना राणाको विजय सम्पुर्ण नेपालीलाई गौर्ववान्वित बनाएको बताईन ।
बधाई तथा सम्मानमा बोल्दै राणाले आफुले पाएको सफलताको पछाडी सम्पुर्ण नेपालीको साथ र सहयोग रहेको र थप जिम्मेवार बनाएको बताएकी छन् । उनले भनिन् ‘मेरो यो जीतको पछाडी तपाँईहरुको म प्रतिको विश्वास र साथ हो योे विश्वासलाई टुट्न दिने छैन ।’
Comment Here!