बालगृहबाट सात बालिकाको उद्धार


प्रकाशित मिति :2016-07-22 12:04:37

महिला खवर

चितवन । चितवन रत्ननगरमा कानुन विपरीत सञ्चालन सञ्चालन भइरहेको अवैध बालगृहबाट सात बालिकाको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनको निर्देशनसमेत नमानी  सञ्चालन गरिएको पिस नेपाल नामको बालगृहमा रहेका सात बालिकालाई उद्धार गरी आदर्शगृह चितवनमा राखिएको छ ।

चितवन प्रशासन कार्यालय, प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको एक टोलीले बुधबार साँझ उनीहरूलाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय चितवनका बाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालिकामा चितवनको सिद्धिका १० वर्षीया सरिता चेपाङ र ११ वर्षीया सोनी चेपाङ, हुम्लाका ११ वर्षीया रुपा रावत, नौ वर्षीया पारशी बुमी र ११ वर्षीया रणशोभा रावत, नवलपरासीकी नौ वर्षीया अस्मिता सुनार र अर्की नौ वर्षीया प्रसस्ती सुनार रहेका छन् ।
ती बालिकाहरू चितवन माविमा कक्षा १ देखि ३ सम्म पढ्दै आएका छन् ।

यसअघि मङ्गलबार बालगृहका सञ्चालक प्रतीक सुनारलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही सुरु गरेको हो । नियम अनुसार दर्ता गरी

बोर्डसमेत राख्नुपर्ने र बाहिरी जिल्लाका बालबालिका ल्याउँदा अनुमति लिनुपर्ने  भएपनि साइनबोर्डसमेत नराखी बालगृह सञ्चालन भएको पैडेलले बताउनुभयो ।

जिल्लाका बालगृहमा पटक पटक अनुगमन गर्दा क्षमताभन्दा बढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभाव हुने गरेको पाइएको छ । चितवनमा जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: