महिला खबर
काठमाडौँ । केन्द्रीय बालकल्याण समितिले बालबालिकालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको छ ।
समितिका कार्यकारी निर्देशक तारक धितालले विज्ञप्ति जारी गर्दै केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुगड फुड्स एन्ड वेभरेज प्रालिद्वारा उत्पादित पेय पदार्थ फ्रुटी अखाद्य भएको पाइएकाले यस्ता अखाद्य पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको हो ।
फ्रुटीजस्ता गुणस्तरहीन पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँने भन्दै अभिभावकलाई त्यस्ता पेय पदार्थ प्रयोग नगर्न भनिएको हो ।
समितिले पेय पदार्थ बालबालिकालाई हानी पुर्याउने पदार्थ भएरनभएको यकिन गरेरमात्र प्रयोग गर्न अभिभावकलाई आह्वान गरेको छ । गुणस्तरहिन पेय एवम् खाद्य पदार्थ बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले उत्पादनकर्तालाई तोकिएको मापदण्ड एवम् गुणस्तरमा ध्यान दिइ उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र्याँइ नगर्न विज्ञप्तिमा भनिएको छ ।
Comment Here!