श्रीमतीको हत्या आरोपीलाई कारबाहीको माग गर्दै धर्ना


प्रकाशित मिति :2016-07-22 12:51:14

महिला खबर
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित घरमा आफ्नै २३ वर्षीया श्रीमती दीपा कार्कीको  हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय विजय कार्कीलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै आफन्तले प्रहरी वृत्त जगाते घेराउ गरेका छन् ।

सूर्यविनायक नगरपालिका सल्लाघारीस्थित आफ्नै घरमा कार्कीले गत असार २९ गते दिउँसो श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो ।

मृतक कार्कीको माइती पक्ष र आफन्तले हत्या अभियुक्त कार्कीलाई कडा कारबाही नगरी प्रहरीले मुद्दा फितलो बनाउन लागेको आरोप लगाउँदै बिहीबार साँझसम्म कडा कारबाहीको माग गर्दै र्यालीसहित प्रहरी वृत्त घेराउ गरेका हुन् ।

मृतक कार्कीका बाबु रामप्रसाद ढकालले छोरी दीपाको हत्या भएकै दिन प्रमाणसहित प्रहरीले विजयलाई पक्राउ गरेपनि मुद्दा फितलो बनाएर उन्मुक्ति दिने प्रयास गरेको आरोप लगाउँदै र्याली र घेराउ गरेको बताउनुभयो ।

सयौँको सङ्ख्यामा पीडित पक्षले भक्तपुरको सिर्जनानगरदेखि जगाते प्रहरी वृत्तसम्म हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध र्याली प्रदर्शन गरी प्रहरी वृत्तमा पुगेर धर्ना दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: