महिला खबर
भक्तपुर । नगरकोट नगरपालिका चरेलीकी वर्ष ५५ की सानुमैया सापकोटाकाे घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।
आफ्नै खेतमा घाँस काट्न जाँदा सानुमैयाको लडेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । खेतमा सापकोटाको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणकालागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Comment Here!