गोठ भत्काइएपछि पालमा बस्न बाध्य दुर्गमका महिला


प्रकाशित मिति :2016-07-22 16:59:06

प्रकाश सिंह
बाजुरा । कोल्टि ३ बस्ने अमला बिक महिनावारीका बेला छाउपडी गोठ बस्न लागेको १४ वर्ष भयो । महिनावारी भएको समय देखिनै उनी घर अलगै गोठमा बस्दै आएकी थिइन्, तर छ महिना पहिले गाविसका अधिकारकर्मीले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारी भएको बेला उनी पाल वा ओडारमा बस्दै आएकी छन् ।

 छाउपडी गोठ भत्काएपछि बाजुराको कोल्टिमा रहेको नुरीमा एक बालिका महिनावारी भएको बेला पालमा बस्दै । उनी कक्षा आठमा अध्यनरत छन् ।

छाउपडी गोठ भत्काएपछि बाजुराको कोल्टिमा रहेको नुरीमा एक बालिका महिनावारी भएको बेला पालमा बस्दै । उनी कक्षा आठमा अध्यनरत छन् ।

गाँउलाई छाउपडी गोठ मुक्त घोषणा गर्न गाँउका अगुवा महिलाले गोठ भत्काइ दिएपछि आफू गाँउ नजिकै रहेको ओडारमा बस्दै आएको अमलाले वताईन् । ‘संघसंस्थाका प्रतिनिधि र केही महिला नेता आएर गोठ  भत्काइदिए, घरमा बस्न घरकाले दिँदैन्, अनि गाँउ नजिकै जंगलमा भएको ओडारमा बस्ने गरेकी छु’  उनले भनिन् ।

अमला जस्तै गाँउका अन्य महिला पनि छाउपडी गोठ भत्काइदिएपछि कोही प्लाष्टिको पालमा बस्दै आएका छन्, भने कोही महिला ओडारमा बस्दै आएका छन् ।

गोठमा बस्दा अलि त्यति गाह्रो हुँदैनथ्यो, पालमा र ओडारमा बस्दा झन समस्या परेको जौमा बिकले बताइन् । ‘गोठ भत्काएर गोठमुक्त गर्ने काममात्र भयो, तर हाम्रा समस्या कसैले बुझेनन्, सेवा सुविधा रोक्ने कार्वाही गर्ने भनेपछि गोठ भत्कायांै, तर अहिले झन गाँउ भन्दा टाढा पालमा बस्न बाध्य छौं’  जौमाले भनिन् ।

जिल्लाका ७ वटा गाविस छाउपडी गोठ मुक्त भएका छन्, तर गोठ भत्काएपछि महिला महिनावारी भएका बेला असुरक्षित रुपमा पाल र ओडारमा बस्न बाध्य भएका छन् । बुढीगंगा, जयबोग्शवरी, बाह्रबिस, कुल्देबमाण्डौ, कैलाशमाण्डौ, आटीचौर, बह्रमतोला गाविस र अन्य गाविसका केही वडाहरू छाउपडी गोठ मुक्त गरिएको हो । ‘महिला त बुझने गरेका थिए, तर समाजका कारणले उनीहरू समस्यामा  छन्’ महिला तथा वालवालिका कार्यालयकी सामाजिक कार्यकर्ता केशरी रोकाया बताउँछिन् ।

छाउपडी गोठ भत्काएपछि महिला झन समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार पहिला गोठमा बस्दा  केही सुरक्षित हुन्थे, अहिले ओडार र पालमा बस्दा झन असुरक्षित भएको पाईएको  रोकायाले वताईन् ।

छाउपडी गोठ मुक्त अभियानका लागि जिल्लामा सरकारी तथा गैर सरकारी क्षेत्रबाट  करोडौं रुपैयाँ खर्च भइरहेको महिला तथा वालवालिका कार्यालय बाजुराले जनाएको छ । छाउपडी गोठ मुक्त अभियानका लागि चेतना फैल्याउन साहस, एचआरसी, पिसवीन, युनिसेफ, सेभ द चिल्ड्रेनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले काम गरिरहेका छन् । त्यस्तै महिला तथा वालवालिका कार्यालय, जिल्ला विकास समिति र गाविसले समेत यो अभियानमा रकम खर्च गरिरहेका छन् ।

छाृपडी गोठ मुक्त बनाउन एकातिर जिल्लामा करोडौं रुपैया खर्च भएको छ अर्को तिर अवस्था झन जटिल बन्दै गएको गैरसरकारी महासंघ नेपालका अध्यक्ष काशी विक बताउँछन् । नाममा मात्र छाउपडी गोठ मुक्त घोषणा गर्ने अभियान वास्तविक परिवर्तन भन्दा पनि देखाउनका लागिमात्रै रहेको अध्यक्ष  विकको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: