महिला लक्षित कार्यक्रममा अत्यन्त न्यून बजेट खर्च


प्रकाशित मिति :2016-07-24 11:38:39

सर्मिला बुढाथोकी

दोलखा। जिल्ला विकास समिति दोलखाले आर्थिक वर्ष ०७२/०७३ मा ४८ करोड १६ लाख ७८ हजार ९ सय ४९ रुपैयाँ ९ पैसा खर्च गर्दा महिला लक्षित कार्यक्रमको लागि भने ४ लाख ३० हजार रुपैयाँमात्र खर्च गरेको देखिएको छ। त्यसरी खर्च गरिएको रकम मध्ये १० करोड ७१ लाख ८ हजार रुपैयाँ गाविस अनुदान रहेको र गाविसले पनि उक्त रकमबाट महिला लक्षित कार्यक्रमको लागि बजेट छुट्टयाउने जिल्ला विकास समिति दोलखाका योजना शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो।

गाविसले छुट्टयाउने रकम बाहेक जिल्ला विकास समितिले भने महिला लक्षित कार्यक्रमको लागि ४ लाख ३० हजारमात्र छुट्टाएको कार्कीले बताउनु भयो।महिला लक्षित कार्यक्रमको लागि खासै योजना माग नहुने उहाँको भनाइ छ। जिल्ला विकास समिति अर्न्तगतको महिला समन्वय समितिले पनि सक्रियताका साथ योजना निर्माण गर्ने र अधिक बजेट छुट्टयाउन दवाव दिन नसक्ने भएका कारण महिला लक्षित कार्यक्रमको लागि अत्यन्त न्युन रकम खर्च भएको जिविसकै कर्मचारीहरू बताउछन्।

जिल्ला विकास समिति दोलखाले महिला लक्षित कार्यक्रम अर्न्तगत बिभिन्न महिलाहरूका लागि आधारभूत कम्प्युटर तालिम गर्न ७० हजार, भीमेश्वर नगरपालिका अर्न्तगत रहेको महिला स्वयंसेविकाको कार्यालय व्यवस्थापनको लागि कम्प्युटर खरिद गर्न ५० हजार, ब्युटिसियन तालिमको लागि ४० हजार, एकल महिलाको नेतृत्व विकास तालिमको लागि ६० हजार, काटाकुटी गाविसमा महिलाका लागि सिस्नुको पाउडर बनाउने तालिमको लागि ७० हजार, लादुक गाविस वडा नम्बर ५ मा ठकुरी कुवापानी योजना निर्माणको लागि ५० हजार, भीमेश्वर नगरपालिका वडा नम्बर ६ कातिकेमा खानेपानी योजना निर्माणको लागि ७० हजार र महिला दिवस मनाउन २० हजार गरी ४ लाख ३० हजार छुट्टाएको योजना शाखाले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: