संविधान अनुसार अघि बढ्छुः राष्ट्रपति


देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट

प्रकाशित मिति :2016-07-24 12:20:16

महिला खबर

prezdeubaprachand copy
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले  नयाँ राजनितीक परिस्थतिका बारेमा नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग छलफल गर्नुभएको छ । आईतवार विहान शीतल निवासमा भएको छुट्टाछुट्टै भेटमा  राष्ट्रपति भण्डारीले संविधान अनुसार नै आफूले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताउनुभएको थियो । भेटका क्रममा उहाँले आफूबाट विवादमा आउने कुनै पनि काम नगर्ने स्पष्ट पार्नुभएको छ । दुवै नेतासँग राष्ट्रपति भण्डारीले संसदमा छलफलमा रहेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावका बारेमा परामर्श गर्नुभएको हो ।  भेटमा काँग्रेस सभापति देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल जारी छ । शुक्रबारदेखि छलफल भएको प्रस्तावको  टु्ङ्गो आजै लाग्दै छ ।

 काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: