महिला खबर
पोखरा । महिलामाथि हुँदै आएका हिंसाविरुद्ध काम गर्ने उद्देश्यले कास्कीमा जिल्ला समन्वय समिति गठन गरिएको छ ।
संकल्पले आयोजना गरेको भेलाले मानव अधिकारकालागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष प्रमिला तझ्याको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । सो समितिको सदस्यमा अधिकारको क्षेत्रमा क्रियाशिल कास्कीका विभिन्न संघ संस्था आवद्ध छन् । समितिले महिलामाथि हुने विभेदविरुद्ध हातेमालो गरेर न्यायकालागि काम गर्ने संयोजक प्रमिला तझ्याले जानकारी दिइन् । शान्ति न्याय र लोकतन्त्रकालागि समावेशी महिला सञ्जाल संकल्पले ५ क्षेत्रको १५ जिल्लामा समान अधिकारकालागि समान शक्ति–महिलाको आवाजभन्ने कार्यक्रम संचालन गर्दै आइरहेको छ । कास्कीमा मानव अधिकारकालागि महिला एकल महिला समूहले सो कार्यक्रम संचालन गरेको छ । कास्कीको ढिकुर पोखरी, भरतपोखरी, हेम्जा,सराङ्गकोट, लामाचौरमा ४५ जना सामाजिक अभियानकर्ता रहेका छन्
Comment Here!