मैले त मेरो श्रीमतीलाई खुट्टा ढोगाइनँ : सत्यमोहन जोशी


संस्कार अपभ्रंश भएर कुसंस्कार भयो

प्रकाशित मिति :2016-07-24 13:16:11

अहिले समाजमा संस्कार, संस्कृति, परम्परा जोगाउने नाममा अध्ययन नगरी खाली सुनेको भरमा व्याख्या र अनुसरण गर्नेको बढेको छ । संस्कार पुस्तान्तरण प्रकृया हो , तर हाम्रो समाजमा संस्कारलाई जिम्मेवारी भन्दा बढी बोझको रुपमा लिन थालिएको छ ।

नुनुता राई

सत्यमोहन जोशी श्रीमती राधादेवी जोशीका साथमा

सत्यमोहन जोशी श्रीमती राधादेवी जोशीका साथ

ललितपुर । संस्कृतीविद सत्यमोहन जोशीले महिलाले क्रान्ति नगरेको संस्कारको नाममा धेरै महिला  पीडित  हुनुपरेको बताउँछन् ।   महिलाहरू लोग्नेमान्छेले जे–जे भन्यो त्यहि गर्ने कारणले उनीमाथि हिंसा हुने जोशी बताउँछन् ।   जोशी नेपाली संस्कृतिको जीउँदो इतिहास हुन् ।  ९७ वर्षीय १६ वर्षको उमेरमा विवाह गरेका थिए । श्रीमती राधादेवी जोशी मात्र १३ वर्षकी थिईन् ।

नेपाली समाजमा विभिन्न जातजाती फरक/फरक संस्कार, संस्कृति, परम्परा छ । जोशीले नेपालमा धर्म, परम्परा, संस्कारको नाममा महिलालाई पुरुषवादी सोँचले हेपेको हो भन्छन् । ‘लोग्नेकोे खुट्टा स्वास्नीले किन ढोग्ने ? मैले त मेरो स्वास्नीलाई खुट्टा ढोगाइन ।’ राधादेवी जोशीले आज भन्दा ८१ वर्षअघि पनि श्रीमानको खुट्टा ढोग्नु परेन । जोशी दम्पतीको विवाह नेवारी परम्परा अनुसार भएको थियो । नेपालको धेरै जसो समुदायमा विवाहपछि श्रीमानको खुट्टा ढोग्ने प्रचलन छ । यो नेवारी परम्परामा पनि छ । हिन्दु धर्मावलम्वीमा यो प्रचलन बढी रहेको पाइन्छ ।

संस्कृतिको गलत व्याख्याले पुरुषलाई भगवान र महिलालाई दासी बनाउने प्रचलनलाई संस्कारको उपनाम झुन्डाईएको छ । संस्कृतिविद् जोशीले कुनै पनि धर्मग्रन्थमा महिलालाई हिंसा  र अन्याय हुने किसिमको कार्य गर्न उल्लेख नगरिएको स्पष्ट पारे । उनले भने ‘धर्मको कुनै पनि ग्रन्थमा महिलालाई अन्याय हुने कार्य गर्न उल्लेख गरिएको छैन । यो त धर्मका व्याख्याताले गलत व्याख्या गरेर बिगारेका हुन् ।’

कतिपय संस्कारको नाममा गलत परम्परा बसाईएको उनको तर्क छ । उनका अनुसार हरेक मानवले संस्कार, संस्कृति, परम्पराको विषयमा बुझ्न जरुरी छ । जोशी भन्छन् ‘हरेक जातजातीले आफ्नो संस्कार, संस्कृति, परम्परालाई जिवित राख्नु जरुरी छ, तर त्यसका लागि सही र गलत छुट्टयाउन सक्नुपर्छ ।’ अहिले समाजमा संस्कार, संस्कृति, परम्परा जोगाउने नाममा अध्ययन नगरी खाली सुनेको भरमा व्याख्या र अनुसरण गर्नेको भीड बढेको उनको अनुभव छ । संस्कार पुस्तान्तरण प्रकृया हो । तर हाम्रो समाजमा संस्कारलाई जिम्मेवारी भन्दा बढी बोझको रुपमा लिन थालिएको छ । आधुनिक समयको नाममा संस्कार, संस्कृति, परम्पराको खास सही अर्थ हराउँदै गएर मिश्रित बनेको जोशीको दाबी छ ।  उनी भन्छन् ‘समय अनुसार संस्कार, संस्कृति, परम्परा परिस्कृत हुनुपर्ने, तर यहाँ त अपभ्रंश हुँदै गएको छ ।’

सत्यमोहन जोशी आफ्ना छोरा बुहारीका साथमा

सत्यमोहन जोशी आफ्ना छोरा छाेरीका साथ

संस्कार अपभ्रंश भएर कुसंस्कार भएको भन्दै जोशी एउटा प्रसँग जोड्छन् ‘नेवारी समुदायको वाहुल्यता रहेको समुदायमा उठ्ने वित्तिकै मुखधुनुपर्छ भन्ने मान्यताले सबैले एकै ठाउँमा मुख धुन थाले । त्यसलाई पछि खेत्यागु (मुख धोउ) पोखरी भनिन्थ्यो । त्यही शव्द अहिले अपभ्रंश भएर खिचा (कुकुर ) पोखरी भएको छ । यसरी नै संस्कार पनि अपभ्रंश हुँदैे बैज्ञानिक तथ्य बाँगिएर संस्कार, परम्पराको नाम दिएर महिला अन्यायमा परेको जिकिर गर्छन् उनी । यहा“को सोच पुरुषवादी र  रुढीबादीे  छ, यसलाई चिर्न महिला नै जागरुक हुन पर्ने सुझाव छ जोशीको ।

समाजले नै कुसंंस्कार बनाएको भन्दै समुदायस्तरबाट नै संस्कार बनाउन पहल हुनुपर्ने उनको भनाई छ । सबै जातजातीको संस्कार, संस्कृति, परम्परामा केही साना खोट् छन्, जसलाई सुधारेर लान सकिनेमा जोशी ढुक्क छन् । संस्कृतिविद् जोशीको विचारमा अहिलेको पुस्ताको लागि मुख्य जिम्मेवारी र चूनौतिको काम हो यो  । अबको शिक्षित पुस्ता यसको सकारात्मक परिवर्तन गर्नको लागि जागरुक हुनुपर्नेमा जोशीको जोड छ । यस्तो कुरीति, कुसंस्कार हटाउन सफा र सकारात्मक सोच हुनु जरुरी रहेको उनी बताउँछन्  । पहिलाको तुलनामा धेरै कुसंस्कार संस्कार बनिरहेका छन् र बनाउन कोशिस भईरहेको पनि उनले बताए ।

धर्म संस्कृति, परम्परा, संस्कार, प्रथाका नाममा महिलामाथि विभेद तथा हिंसा हुनु भनेको मानवीय हित विपरीत हो । संस्कृतिविद जोशी भन्नछन् ‘धर्म संस्कृति, परम्परा, संस्कार जोगाउन देखासिकी नभई अध्ययन गरेर परिस्कृत मानवमैत्री बनाउने बेला भएको छ ।’ अहिलेका महिलामा चेतना जाग्न थालेकोले विस्तारै परिवर्तन हुने उनको तर्क छ । महिलाले हक र अधिकारको बारेमा बोल्न थालेपछि नै नेपालका तीन प्रमुख पद (राष्ट्रपति, प्रधानन्यायाधिश, सभामुख) मा महिला पुग्न सफल भएको उनी बताउँछन् । यसलाई सकारात्मक उपलव्धि मान्न सकिने उनको भनाई छ । ‘एकैचोटी परिवर्तन गर्न सकिँदैन विस्तारै परिवर्तन हुन्छ, गर्दै लानुपर्छ’ जोशी भन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: