मलावीमा ‘शुद्धिकरण’का लागि बालिकाले पुरुषसँग यौन सम्बन्ध राख्नुपर्ने कुसंस्कार


प्रकाशित मिति :2016-07-24 17:39:32

दक्षिणी मलावीको नीसाँजे जिल्लामा आफ्ना छोरीको शुद्धिकरणको लागि यौन सम्पर्क गर्न पुरुष यौनकर्मी (हायना) लाई भाडामा बोलाउने गर्छन्।

महिला खबर

girlएजेन्सी। दक्षिण पूर्वी अफ्रिकी देश मलावीको सुदूरदक्षिणी क्षेत्रमा बालिकाले परिपक्व महिला हुनका लागि पुरुष यौनकर्मीसँग यौन सम्बन्ध राख्नुपर्ने अनौठो कुसंस्कार रहेको छ।
स्थानीय भाषामा ‘हायना’ भनिने पुरुष यौनकर्मीसँग राख्नुपर्ने यस्तो यौन सम्बन्धलाई गाउँका ठुला बडाले बलात्कार नमान्ने बीबीसीले जनाएको छ । यसलाई उनीहरू नराम्रो मान्दैनन्। यो प्रचलनलाई ‘शुद्धिकरण’ गर्ने संस्कारको रुपमा लिने गरेका छन्।

संस्कारका नाममा बालिकासँग यौनसम्बन्ध राख्दा कण्डमको प्रयोग गर्न दिँइदैन र यो कुरा भन्न पनि दिँइदैन। त्यसैले यो संस्कारका कारण एड्स र यौन रोगहरू फैलने खतरा रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार मलावीमा १० जना मध्ये १ महिला या पुरुष एसआईभी संक्रमित हुने गरेका छन्।

दक्षिणी मलावीको नीसाँजे जिल्लामा आफ्ना छोरीको शुद्धिकरणको लागि यौन सम्पर्क गर्न हायनालाई भाडामा बोलाउने गर्छन्। शुद्धिकरणको समयमा यदि कोही पुरुषको मृत्यु भएमा उनकी श्रीमती समेत आफ्नो श्रीमानको दाहसंस्कार गर्नुअघि ‘हायना’ सँग सुत्नुपर्छ। यदि कुनै महिलाको गर्भपतन भयो भने उसलाई पनि ‘यौन शुद्धिकरण’ को लागि त्यही प्रकृया बेहोर्नुपर्ने समाचारमा उल्लेख छ।

सबैभन्दा अनौठो कुरा त यो छ की त्यहाँका बालिका पहिलो महिनावारी हुनासाथ उनीहरूलाई ‘शुद्धिकरण’ को यो प्रकृयाबाट पीडित हुनुपर्छ।
बालिकाले सम्बन्ध राख्न अस्वीकार गरेेमा उनको परिवार वा पुरै गाउँ बिमारी वा धेरै नराम्रो हुन्छ भन्ने मान्यता रहेको छ।

पूरुष यौनकर्मी (हायना) एरिक एनीवाले भन्छन् ‘मैले जत्तिसँग सम्बन्ध राखेँ उनीहरू मध्ये धेरै स्कुल जाने किशोरी छन्, कतिपय त १२ या १३ वर्षका थिए होलान, तर मैले धेरै उमेरका केटीहरू जस्तै व्यवहार गर्छु , ती सबैले मलाई हायनाको रुपमा पाउँदा खुशी हुन्छन्। साँच्चै गर्व गर्छन् र यो मान्छे साँच्चै मर्द हो। यो जान्दछ कि कसरी महिलालाई खुशी राख्नुपर्छ।’ उनको दावी विपरित छिमेकी गाउँका धेरै किशोरीले यो संस्कारविरुद्ध आफ्नो रिस पोखे।

jptयी मध्ये मारियाले भनिन् ‘मेरो सवालमा यस्तो गर्नु बाहेक अर्को उपाय थिएन। मलाई मेरो आमा–बुवाका लागि यो संस्कार मानिदिनु पर्‍यो। यदि मैले नमानेको भए मेरो परिवार बिमार हुन्थ्यो र उनीहरू मर्न पनि सक्थे। त्यही डरले मैले उक्त संस्कार मान्नुपर्छ।’उनका सबै साथीहरू हायनासँग यौन सम्बन्ध राख्न बाध्य भएको उनले बताइन् ।

व्यवसायिक पुरुष यौनकर्मी एनीवाको उमेर ४० वर्ष जस्तो देखिन्थ्यो । उनलाई आफ्नो उमेर एकिन थाह छैन। उनका दुई श्रीमती र पाँचनजा छोराछोरी छन्। उनका दुवै श्रीमती एनीवाको कामबारे जानकार छन्। एनीवाको दावी छ कि उनले अहिलेसम्म १०४ जना किशोरी र महिलासँग यौन सम्बन्ध राखिसकेका छन्। उनले सन् २०१२ मा पनि स्थानीय पत्रिकामा यत्ति नै संख्या बताएका थिए।

धेरै वर्षअघिदेखि उनलेे यसको हिसाव राख्न भुले जस्तो छ , तर यो कुरा उनलाई थाह छैन कि कतिजना किशोरी र महिलालाई उनले गर्भवती बनाए।  उनले बताए अनुसार नीसाँजेमा उनी सहित १० जना हायना छन्। जुन जिल्लाका सबै गाउँमा छन्। उनले एक पटक यौन सम्पर्क राख्नका लागि २ सय देखि ५ सय रुपैयाँसम्म पाउने गरेका छन्।

५० वर्ष उमेरका फागीसी, क्रिसी र फेलिया माथि गाउँको यो परम्परा जिवित राख्ने भन्ने जिम्मेवारी छ। उनीहरूले हरेक वर्ष बढिरहेका किशोरीलाई श्रीमती भएर कसरी बस्ने र पुरुषलाई कसरी यौन सुख दिने भनेर सिकाउने गर्छन्। यौनरोगको बारेमा सोध्दा उनीहरूले हायना चरित्रवान पुरुष छानिने हुँदा यस्तो रोग नलाग्ने दाबी गरे।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: