सृजना अर्याल
साउन । जिल्ला अदालत वार एशोशिएसन चितवनमा अध्यक्ष पदका लागि पहिलोपटक महिला उम्मद्वारी परेको छ । वार की पुर्व उपाध्यक्ष समेत रहनु भएकी अधिवक्ता फूलमाया रानाभाटले अध्यक्षमा उम्मेद्वारी दिनुभएको हो ।
यसैगरि महिलाले नै पहिलोपटक प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ । पुर्व वार उपाध्यक्ष समेत रहनु भएकी अधिवक्ता कल्पना उप्रेतीले बारको आगामी साउन २२ गते हुने १९ औं अधिवेशनमा निर्वाचन गराउने जिम्मा पाउनु भएको हो ।
बारको उपाध्यक्ष अधिवक्ता शिव कुमारी पाण्डेले उम्मेद्वारी दिनुभएको छ । अध्यक्ष पदमा अधिवक्ता रानाभाटले प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए) र उपाध्यक्षमा अधिवक्ता पाण्डेले प्रगतिशील कानून व्यवसायी संगठन (पीएलए) बाट उम्मेद्वारी दिनुभएको हो ।
यसैगरि सहसचिवमा भने दुवै (डीएलए) र (पीएलए) बाट महिलावीच मै प्रतिस्पर्धा हुने निश्चत भएको छ । चितवन बारको आईतवार भएको मनोनयन दर्ता प्रकृयामा प्रजातान्त्रिक कानून व्यावसायी संघ (डीएलए) राधा सिग्देलले र प्रगतिशील कानून व्यवसायी संगठन (पीएलए)बाट सरिता सापकोटाले मनोनयन दर्ता गराएका छन् । कार्य समिति सदस्यका लागि दुवै समूह बाट १,१ जना महिलाको उम्ेदवारी परेको छ । पीएलएबाट भवानी लोहनी र डिएलएबाट गोमा न्यौपाने भण्डारीले उम्मेद्वारी दिनुभएको छ ।
बार एसोशियसनको ७ जना केन्द्रीय पार्षदका लागि कमल कुमारी श्रेष्ठको मात्र उम्मेद्वारी परेको प्रमुख निवार्चन अधिकृत कल्पना उप्रेतीले जानकारी दिनुभयो ।
विधानमा पाँचसय भन्दा कम सदस्य रहेको वारको कार्यसमितिमा एकजना महिला हुनपर्ने र उनकै संयोजकत्वमा कार्यसमिति अन्र्तगत महिला समिति बनाउन सक्ने प्रावधान राखिएको प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताउनुभयो । चितवन बार एसोसियसनमा कुल १ सय ७६ सदस्यमा १२ जना महिला सदस्य छन् । आगामी साउन २२ गते वार एसोशियसन चितवनमा पाँच जना पदाधिकारी सहित १५ सदस्यीय नयाँ कार्य समिती चयन गरिने छ ।
Comment Here!