महिला खबर
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले प्रहरी मेरो साथी अभियान अन्र्तगत भीमेश्वर नगरपालिका किरातीछापमा आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता रह्यो ।
कार्यक्रममा स्थानिय आमा समूह, महिला बुद्धिजिवी, महिला सामाजिक कार्यकर्ताले महिला हिंसा नियन्त्रण, घरेलु हिंसा, लैङ्िगक विभेद जस्ता विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उनीहरूले महिला हिंसा नियन्त्रण गर्न घरेलु मदिरा बन्द गराउन आवश्यक कार्यक्रम ल्याउन प्रहरी समक्ष मागरेका थिए । यसैगरि सीलप्याक मदिरा बिक्रीका लागि निश्चित स्थान र बारको नियम बनाउनु पर्ने, कार्यालयलगायतका स्थानमा महिला तथा पुरुषबीच हुँदै आएको विभेद अन्त्य, महिलालाई हरेक काममा उचित स्थान र अवसर दिनु पर्ने जस्ता कुरा उठाएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले महिला हिंसा नियन्त्रणका लागि प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको, महिलाका सवालमा आएका मुद्दाहरूलाई उच्च प्राथमिकताका साथ हेरिएको, चेतनामूलक अभियान सञ्चालन गरिएको बताउनु भएको थियो ।
सो अवसरमा जिल्ला विकास समिति दोलखाका आन्तरिक लेखा अधिकृत जगदीश अर्याल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायतले कार्यक्रममा महिलाले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रममा एक सय भन्दा धेरै स्थानियको सहभागिता रहेको थियो ।
Comment Here!