महिला खबर
एजेन्सी। आगामी नोभेम्बर ८ तारिकका दिन अमेरीकामा नयाँ राष्ट्रपतिका लागि चुनाव हुने निश्चत भएको छ। जुन अमेरीकाको ५८ अौ राष्ट्रपतिय चुनाव हो। वर्तमान राष्ट्रपति बाराक ओबामाको कार्यकाल जनवरी २०, २०१७ मा समाप्त हुनेछ। बाराक ओबामा अमेरीकाको ४४ अौ राष्ट्रपति हुन। उनी प्रथम पटक सन् २००८ को नोभेम्बरमा ४ र दोस्रो पटक सन् २०१२ नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।
रिपब्लिक र डेमोक्रेटिक पार्टीले राष्ट्रपतिय चुनाव अगाडि फेब्रुअरी देखि जुन २०१६ सम्ममा विभिन्न राज्यहरुमा प्रथम तहका चुनाव सम्पन्न गरिसकेका छन्।
रिपब्लिकन पार्टीबाट एक सफल व्यापारी डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि उम्मेद्वार भएका छन्। उनी सीनेटर टेड क्रुज, गभनर जोन कासिच, सीनेटर मारको रुबिओ र अन्य उमेद्वारलाई उछिन्दै चुनावमा अगाडि आएका थिए। डेमोक्रेटीक पार्टीका तर्फबाट भने हिलारी क्लिन्टन उम्मेद्वार भएकी छिन्, उनी डेमोक्रेटीक पार्टीकै अर्का मुख्य प्रतिद्वन्द्वी भरमन्ट राज्यका सिनेटर बर्नी सेन्डर्सलाई हराउँदै पार्टीबाट उम्मेद्वारका लागि मनोनित भएकी थिइन्।
अब अन्तिम चुनावी दौडका लागि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटीक पार्टीका तर्फबाट हिलारी क्लिन्टन भिड्ने छन्।
अमेरिका संसारको सबै भन्दा ठूलो अर्थतन्त्र भएको र संसारमा प्रजातन्त्रको अभ्यास गर्ने धेरै पुरानो इतिहास भएको देश हो। अमेरिकाले २२७ वर्षदेखि प्रजातन्त्रको अभ्यास गर्दै आएको छ जहाँ ५१ प्रतिशत महिलाको जनसंख्या रहेको छ, तर अमेरिकाको इतिहासमा भने अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् ।
यदि हिलारी राष्ट्रपतिमा मनोनित भइन भने अमेरिकाको २२७ वर्षदेखिको पुरुषको विरासत तोडिने छ र हिलारी अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्नेछिन्।
Comment Here!