अधिकारकर्मी घिमिरेलाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान


प्रकाशित मिति :2016-07-25 15:38:29

Durga didiमहिला खबर
ललितपुर । अधिकारकर्मी दुर्गा घिमिरेलाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान दिइने भएको छ । नेपाल स्रष्टा समाजले २०७२ सालको राष्ट्रिय नारी स्रष्टा सम्मानबाट घिमिरेलाई सम्मान गर्ने भएको हो । नेपाली साहित्य र समाजिक क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई यो सम्मान दिन लागेको समाजले जनाएको छ ।

उक्त सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ । समाजको १० औं बार्षिकोत्सवका अवशरमा आगामी भदौ २५ गते  उहाँलाई सम्मान गरिने छ ।

घिमिरेका  ‘जेलको सम्झना’, शक्ति(गीति क्यासेट) महिला जागरण सम्बन्धी गीतहरूको सहलेखन तथा गायन,चेलीको आवाज गीति नाटक, चेलीको कथा र व्यथा, नेपालमा महिलामाथि हुने हिंसा लेख सङ्कलन, उनको सम्झनामा गरी थुप्रै कृति प्रकाशित छन् ।

जेलको सम्झना नामक पुस्तकबाट घिमिरेले २०५० सालमा उत्तम शान्ति पुरस्कार  पाउनुभएको छ । अंग्रेजीमा पनि प्रकाशित strange ‘alive women’s memory in the prison’ शिर्षक प्रकाशित यो पुस्तकले नेपालमा प्रजातान्त्रिक आन्दोलनमा महिलाको सक्रियताको विषयले  धेरै देशहरूमा निकै चर्चा पाएको थियो  ।

थप पढ्नुहोस्…

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: