पश्चिमी नाकाबाट चार महिलाको उद्धार


दलाल पक्राउ

प्रकाशित मिति :2016-07-26 10:46:18

महिला खबर
कैलाली। त्रिनगर नाका धनगढीवाट चार महिलाको उद्धार भएको छ। माइती नेपाल कैलालीले बेचविखनमा जोखिममा रहेका ति महिलाको उद्धार गरेको हो।

दलालले सिमानाका कटाउने बेलामा सोधपुछ गर्ने क्रममा महिला बेचखिनको जोखिममा रहेको भन्दै उनीहरूको उद्धार गरेको माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले वताए। उनका अनुसार दुईजना महिलालाई सिमानाका पठाइसकेको र दुई जनालाई सिमानाका कटाउने बेलामा उद्धार गरिएको हो ।

‘नेपालको दलालले सिमानाका पठाउने र भारतको दलालले सिमानाकावाट ति महिलालाई दिल्ली पुयाउने योजना रहेछ, चार महिला सोधपुछ गर्दा उनीहरू बेचबिखनको जाेखिममा परेको पत्ता लागेको हो’ उनले भने । उनीहरूलाई बेच्न लैजाने भारतीय दलाललाई प्रहरीले पक्राउ गरेको छ।

बैदेशिक रोजगारमा पठाईदिने प्रलोभन देखाएर उनीहरूलाई भारत लैजान लागेको संयोजक चौधरीले वताए। उद्धार भएका महिला सिन्धुपाल्चोक,काभ्रे,मकमानपुरक रहेका छन्। उद्धार हुने महिलाबस्च एकअर्कोमा चिनजान समेत नभएको उनले वताए। उनीहरू चारै जना तामाङ समुदायका हुन्। आर्थिक अवस्था कम्जोर रहेका उनीहरूलाई प्रलोभनमा सहजै परेकाले जोखिममा परेको प्रहरीको भनाइ छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: