छात्राछात्रलाई सैनिक तालिम


प्रकाशित मिति :2016-07-26 11:54:44

महिला खबर
दोलखा । नेपाली सेनाले सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक उच्च माविका १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सुरु गरेको छ ।

Capture

संस्थागत ७९ र बार्षिक सामूहिक क्याम्प गरी विदा बाहेक १ सय दिन सञ्चालन हुने तालिममा विपद् व्यवस्थापन, खुकुरी, लठ्ठी, पिटी, एरोविक्स, तेक्वान्दो लगायतमा प्रशिक्षण दिने रणभीम गण चरिकोटका गणपति प्रमुख सेनानी मधुसुदन नरसिंह राणाले बताउनु भयो । राष्ट्रिय सेवा दलको ४३ औं ब्याचको रुपमा सञ्चालन भएको तालिममा विद्यालयका १४ वर्ष भन्दा माथिका  छात्रछात्रा सहभागी रहेको गणपति राणाले जानकारी दिनुभयो । नेपालमा बिं.स २०२२ सालदेखि सुरु भएको राष्ट्रिय सेवा दलबाट हालसम्म २२ हजार ९ सय ३८ क्याडेट पास आउट भइसकेको नेपाली सेनाले जनाएको छ । साउनदेखि कात्तिकसम्म दैनिक २ घण्टा सञ्चालन गरिने तालिम विद्यालय समय भन्दा अघि या पछि पारिने रणभीम गण चरिकोटले जनाएको छ । विद्यालय सञ्चालनमा समस्या नहुने गरी तालिम सञ्चालन गरिने गणपति राणाले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: