महिला खबर
रामेछाप । रामेछाप जिल्ला अदालतमा गत आर्थिक वर्षमा घरेलु हिंसा ऐन अन्तर्गत एउटापनि मुद्दा दायर नभएको तथ्याङ्क सार्वजनिक भएको छ । आ.व. २०७२/०७३ को जिल्ला अदालतको वार्षिक प्रतिवेदन अनुसार २८४ वटा मुद्दा दायर भएका थिए, जसमा घरेलु हिंसा ऐन अन्र्तगत कुनैपनि मुद्दा दायर नभएको तथ्याङ्क छ ।
जिल्ला अदालतमा दायर भएका २८४ वटा मुद्दामा पारिवारिक मुद्दाको संख्या सबैभन्दा बढी ११७ वटा रहेका छन् । सो अन्र्तगत ३५ वटा सम्बन्ध विच्छेदका मुद्दा दायर भए । यीमध्ये २८ वटा भने किनारा लागिसकेको प्रतिवेदनमा जनाइएको छ । त्यसैगरि जबरजस्ती करणी सम्बन्धी ४, हाडनाता करणी सम्बन्धी ३ र अन्य करणी सम्बन्धी ३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा मुद्दाको किनारा लागिसकेको प्रतिवेदनमा उल्लेख छ ।
Comment Here!