कोरियन भाषा परीक्षामा तीन सय चाैंतिस महिला उत्तिर्ण


प्रकाशित मिति :2016-07-26 15:24:36

महिला खबर
ललितपुर । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा मंगलवार सार्वजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका मध्ये ३३४ जना महिला रहेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।

गएको असार चार र पाँच गते कोरियन भाषाको परीक्षा लिइएको थियो । बास्तोलाका अनुसार ५७ हजार एक सय २९ जना यो वर्षको परीक्षामा सहभागी भएका थिए । यी मध्ये दश प्रतिशत महिला भएको उहाँले बताउनुभयो ।

भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने निश्चत नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘भाषा परिक्षा पास हुनु भनेको केरियामा रोजगारी पाउनु होइन, तर रोजगारीका लागि अावेदन दिन योग्य हुनु हो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: