श्रीमती बलात्कार गर्ने पक्राउ


बढ्दैछ वैवाहिक बलात्कारविरुद्ध उजुरी

प्रकाशित मिति :2016-07-27 10:26:03

महिला खबर
सुनसरी । सप्तरीमा मादक पदार्थ सेवन गरि अश्लिल चलचित्र देखाउदै आफ्नै श्रीमतीलाई जवरजस्ती करणी गर्ने श्रीमान पक्राउ परेका छन् । आफनै श्रीमानविरुद्ध श्रीमतीले जर्वजस्ति करणी गरेको उजुरी दिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो । १८ वर्षीया श्रीमतीलाई वलात्कार गरेको आरोपमा सप्तरीको कुशाहा गाविसका  एक २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलालाई सप्तरी जिल्ला अदालतवाट म्याद थप गराइ जर्वजस्ति करणी मुद्दा अन्र्तगत कारवाही अघि वढाएको सप्तरी प्रहरीले जनाएको छ । पतिवाट पटक पटक पीडित भएपछि माइत वस्दै आएकी श्रीमतीलाई माइती घरमै गएर अश्लिल चलचित्र देखाउदै जर्वजस्ति करणी गरेपछि आजित भएर आफनै श्रीमानविरुद्ध मुद्दा दर्ता गराएको पीडितले बताएकी छन्  ।

यसअघि ओखलढुंगामा श्रीमतीलाई जर्वजस्ति करणी गर्ने एक जना श्रीमानलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना भएको थियो । ओखलढुंगा च्यानमका नारायण वस्नेतविरुद्ध श्रीमतीले मुद्दा दर्ता गरेपछि जिल्ला अदालतले तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: