सृजना अर्याल
चितवन । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले सवै त्रसित थिए । तर त्यहीँ एकथरी महिलालाई भ्याइनभ्याइ थियो । उनीहरू उर्लेर आएको नारायणीले बगाएर ल्याएका दाउरा र मुढा संकलन गर्न व्यस्त थिए । भरतपुर उपमहानगरपालिका शिवघाटमा नदीको किनारमा बसेर लामो बाँसमा अङ्कुशका माध्यमबाट जोखिम मोल्दै उनीहरूले उर्लेको नारायणी नदीबाट दाउरा र काठका ठुलठुला मुढा तानिरहेको थिए ।
खाना पकाउन सजिलोका लागि दाउरा संकलन गरिरहेको महिलाहरूले बताए । निथ्रुक्कै भिजेर दाउरा टिप्दै गरेकी किर्ति कुवँरले भनिन् ‘फेरि नाकावन्दी हुन सक्छ, अहिले दुःख गरेर दाउरा संकलन गरे पछि समस्या पर्दा सजिलो र ढुक्क हुन्छ ।’
Comment Here!