भूकम्पपछि बहुआयामिक बन्दै मानव बेचविखनको समस्या


प्रकाशित मिति :2016-07-27 13:02:48

कानून कार्यान्वयनलगायत राज्य संयन्त्रको सम्पूर्ण ध्यान भूकम्पले पुर्‍याएको क्षति व्यवस्थापनमा केन्द्रित छ । राज्यको निगरानी र संरक्षण यतिबेला कमजोर भएको छ । यही वेला संगठित अपराधिक समूहका लागि सक्रिय हुने सुनौलो मौका हो ।

कोपिला रिजाल

Kopilajeeमानव बेचबिखन तथा ओसारपसारको जल्दोबल्दो समस्या समाधानमा सरकारी क्षेत्रको नेतृत्व अपरिहार्य छ । यसमा दुईमत छैन । यो समस्या  मुलुकको सामू ठूलो चूनौतीको रुपमा रहेको छ भन्ने हिसावले नहेरिएसम्म यसको निराकरणको लागि बनेका नीति, कानुन, कार्यक्रम, कार्ययोजनाहरूको कार्यान्वयन फितलो हुन्छ, सरकारी बजेट विनियोजन कम हुन्छ एवं सरकारी नियमन, अनुगमन तथा मूल्याङ्कन पद्धती पनि नाम मात्रको हुन्छ । गैर्सरकारी क्षेत्रको सिमित भूमिकालेमात्र व्यापक विस्तार भइरहेको समस्या निराकरण हुन सक्दैन ।

मानव बेचबिखनको समस्यालाई अरुको समस्या ठानी पन्छिने प्रबृत्ति कायमै रहन्छ । नेपालको सन्दर्भमा मानव बेचबिखनको समस्या नियन्त्रणमा सरकारी तथा बहुसरकारी निकायहरूको प्रत्यक्ष लगानी न्यून हुने गरेको छ । गैरसरकारी क्षेत्रको लगानी पनि ठाउँ र सन्दर्भ विशेषमा सिमित छ । समाज कल्याण परिषद् मार्फत सम्झौता गरी परियोजना सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संख्या दर्जनौं छन् । तरपनि असरदार सहयोग र सहकार्य हुन सकेको देखिँदैन । यो समस्या समाधानमा राज्यले प्राथमिकता नदिएसम्म गैरसरकारी संस्थाहरुको सहयोग प्रभावकारी हुने देखिँदैन ।

 जोखिममा वाँच्न बाध्य भएका र भूकम्पलगायत विपत्तिका कारण जोखिम थपिएका परिवारको सामाजिक आर्थिक संरक्षण प्रणालीलाई मनग्गे टेवा पुग्ने गरी कार्यक्रमहरू सञ्चालन गरी ती परिवारका महिला, किशोरी तथा बालकहरूलाई माथि उठाउने स्थिति सिर्जना नभएसम्म केही समितिको गठन वा सचेतनाका छिटफुट कार्यक्रमबाट मानव बेचबिखन तथा ओसारपसारका घटनाहरू रोकिने छैनन् । यसका साथै दोषीलाई कुनै हालतमा छुट नदिई कडा भन्दा कडा कारवाही गर्ने, प्रभावित र प्रभावितका साक्षी संरक्षकलाई उचित क्षतिपुर्ति, राहत, सम्मान र दीर्घकालीन जीविकोपार्जनका उपायहरू दिने कार्य पनि त्यतिकै महत्व पूर्ण पक्ष हुन् । यसका लागि यस विषयमा चिन्तन गर्ने जमातको जमघट र विचार विमर्शले अवश्य योगदान पु¥याउने छ भन्ने अपेक्षा राख्न सकिन्छ ।

मानव बेचबिखन तथा ओसारपरसारलाई बढाउन भूकम्पीय प्रभाव अझ सकारात्मक हुने लक्षण छ । सीमान्तकृत र विपन्न वर्गकोमात्र होइन यसबाट प्रभावित परिवारजनको आर्थिक विपन्नतालाई बढाएको छ । गरिब यसै गरिब थिए, झन गरिव भए, अरुको पनि गरिवी बढ्यो । दैनिक जीवनयापनको मूलभूत समस्या थपिँदा परिवारमा बालबालिकाको पढाई निरन्तरतामा प्रश्न चिन्ह खडा भएको छ भने कसैको दया मायामा पाल्ने र पढाउने भनी काममा लगाउने बहानामा ती बालबालिकाहरू बेचबिखनमा पर्ने संभावना बढ्दो छ । बावु आमा/ अभिभावक विहीन बालबालिकाहरूलाई आश्रय दिने, ग्रहण गर्ने, दत्तक लिने बहानामा उनीहरूको बेचबिखन हुने संभावना छ । घरवारविहीन भएको र जीविकोपार्जन हराएको परिवारमा लैङ्गिक हिंसा बढ्दो छ । लैङ्गिक हिंसाबाट प्रभावित र पारिवारिक संरक्षण विमुख बालक वालश्रमका लागि हुने बेचबिखनको जोखिममा छन् भने बालिका श्रम शोषण र यौन शोषणका लागि हुने बेचबिखनको जोखिममा छन् ।

भूकम्पपीडित परिवारका विशेष गरी बालिकाहरू बाल विवाहमा बढी संख्यामा पर्ने सम्भावना छ । अहिले पनि महिलाको विवाहको औसत उमेर २० वर्षकै हाराहारीमा रहेको अवस्थामा यो समस्या झन जटील हुने देखिन्छ । बालविवाहका कारण उब्जने शोषण, दुव्र्यवहार र हिंसाले आखिरमा मानव बेचबिखन तथा ओसारपसारलाई नै बढावा दिने संभावना छ ।

बेचबिखनका दलालहरू उद्धार र सहयोगको भेषमा घर आँगन पुगिरहेका छन् । व्यक्ति, परिवार भेटघाट गरी मीठो कुराद्वारा प्रलोभनमा पारिरहेका छन् । यता हामी मानव बेचबिखनको विरोधमा उत्रेका सरकारी तथा गैरसरकारी क्षेत्रका अभियन्ता तथा कर्ताहरू भने २–४ वटा सचेतना कार्यक्रम, गोष्ठी सेमिनार र प्रतिवेदन लेखनमा समय विताई रहेका छौं । दलालहरू नाफाका उद्देश्यमा स्वयम अभिप्रेरित भई रातदिन नभनी परिचालित छन् र गुपचुप काम गर्छन् । हामीहरू कुनै कार्यक्रम वा परियोजना अन्र्तगत कार्यालय समयमा मात्र शहर केन्द्रित भई परिचालित छौं । फरक त्यसैमा छ ।

भूकम्पका कारण सामुदायिक संरक्षण प्रणाली पनि कमजोर भएको छ । समुदायमा बनेका संयन्त्रहरू लाखापाखा लागेका छन् । निगरानी पद्धति कमजोर बनेको छ । पालो पहरा गर्नेहरूको ध्यान अन्त तानिँदा चोरी चकारी तथा छलछाम गर्नेहरूले मौका छोप्नु स्वाभाविक हो । कानून कार्यान्वयनलगायत राज्य संयन्त्रको सम्पूर्ण ध्यान भूकम्पले पुर्‍याएको क्षति व्यवस्थापनमा केन्द्रित छ । राज्यको निगरानी र संरक्षण यति बेला कमजोर भएको छ । सुरक्षा निकायहरु भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनामा व्यस्त रहनु स्वाभाविक पनि हो । यही वेला संगठित अपराधिक समूहका लागि सक्रिय हुने सुनौलो मौका हो । धमीलो पानीमा माछा मार्नेहरूको कमी नभए जस्तै पहिलेदेखि नै जोखिमपूर्ण जिल्लाहरूमा उनीहरूको चलखेल बढ्नु नौलो समस्या रहेन ।

जोखिम न्यूनीकरणका लागि तत्कालै गर्नुपर्ने काम

विद्यालय, समुदायमा आधारित समूहहरू, स्थानीय निकाय, राजनैतिक दलका स्थानीय संरचना  र  रेडियोमार्फत व्यक्ति तथा परिवारमा मानव बेचबिखनविरुद्ध चेतना र सन्देश प्रवाह गर्न सकिन्छ ।  मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समुदायस्तरमा गठित निगरानी  समूह, समितिहरूको पुर्नगठन गरी पुनरताजगी तालिम दिई सक्षम तुल्याउनु अत्यन्त आवश्यक छ  ।

स्थानीय समुदायमा प्रकोपपछिको आवश्यकता लेखाजोखा गरी मानव बेचबिखनका लागि जोखिममा रहेका समूहका अत्यावश्यक आवश्यकताका बारेमा विशेष ध्यानमा दिई उनीहरूको जीविकोपार्जनका वैकल्पिक उपायहरू खोजी गरेमा यस्तो बेचविखनको जोखिम कम हुनसक्छ ।

खुला तथा चोरी हुने सीमा नााकाहरूमा गस्ती र निगरानी बढाउन पैरवी गरी नेपाल र भारतीय सीमा नाकाका दुवै देशका प्रहरी प्रशासन तथा गैससहरुसँगको सम्बन्ध र सहकार्य बढाएर सीमा निगरानीलाई प्रभावकारी बनाउनु जरुरी छ । तर यो दीर्घकालीन स्थायी समाधान भने होइन ।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सेटिङ्गलगायतका अवाञ्छित गतिविधिलाई रोक्न सूचना प्रणाली बलियो बनाउने र  कागजपत्रको राम्रो जाँचबुझ गर्नुपर्ने देखिन्छ ।

बेचबिखनको बजार र समस्या विल्कुलै निजी क्षेत्रसँग जोडिएको छ । दलाल र विचौलियाहरू सोही क्षेत्रमा चलखेल गरिरहेका छन् । उनीहरूको शक्ति केन्द्रसँग उठवस हुने गर्दछ र पैसाको आडमा संरक्षण पाइरहेका छन् । मनोरञ्जन, होटेल, पर्यटन, यातायातलगायतका निजी क्षेत्रका व्यावसायीहरूसँग सहकार्य नगरी त्यहाँ हुने गरेको विकृति हटाउन सकिन्न । अतः निजी क्षेत्रलाई पनि एक मुख्य सरोकारवाला वर्गको रुपमा लिई बेचबिखनविरुद्धको अभियानमा ऐक्यवद्धता  (Solidarity) बढाउने कामलाई प्राथमिकता दिनुपर्छ ।

Email: [email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: