महिला खबर
काठमाडौं । एचआईभी संक्रमित महिलाले रोगले भन्दा समाजको उपेक्षाका कारण बढी समस्या भोग्नुपर्ने बताएका छन् । एच.आई.भी/ एड्स संक्रमित महिलाको शसक्तिकरण सवालमा शक्तिमिलन समाजद्वारा आयोजित अन्र्तक्रियामा सहभागी महिलाले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी एचआईभी संक्रमित महिलाले आफ्नो अनुभव बताउने क्रममा समाजबाट गरिने दुव्र्यवहारले झन पीडा हुने गरेको बताए । संक्रमित भनेको थाह पाउने वित्तिकै समाजबाट दुव्र्यवहार शुरु हुने र समाजमा बस्न सक्ने वातावरण नै नबन्ने उनीहरूको भनाई छ । जसका कारण समाजमा खुल्न समस्या पर्ने गरेको बताए । जाने बुझेका मान्छेहरूबाट नै बढी दुव्र्यवहार भोग्नुपरेको उनीहरूको अनुभव छ ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले समाजकल्याण परिषदमार्फत महिला तथा बालबालिका लागि विभिन्न शिर्षकको बाह्य लगानी कहाँ र कसरी प्रयोग भईरहेको भनेर अनुगमन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजकल्याण परिषदमार्फत वर्षेनी एचआईभी संक्रमित एनजीओ र आईएनजीओबाट बजेट आईरहेको सुन्छौं । खै कहाँ प्रयोग भईरहेको छ ?, समस्या जस्ताको त्यस्तै छ ।’ उहाँका अनुसार जुन शिर्षकमा बजेट विनियोजन भएको हो त्यसैमा प्रभावकारी ढङ्गले सदुपयोग र पारदर्शीे हुन जरुरी छ ।
पत्रकार बबिता बस्नेतले एचआईभी संक्रमित महिलाले देखाएको सकारात्मक कामले परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेको बताउनुभएको छ । सकारात्मक परिवर्तन गर्नको लागि एचआइभी संक्रमितले रोग नलुकाई समाज परिवर्तन गर्न इमान्दार भई काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
एचआईभी संक्रमित सहभागीले नेपाल सरकारले एचआइभी संक्रमित महिला र बालबालिकाका लागि कुनैपनि किसिमको लगानी नगरेको र वास्तविक अवस्थाको समेत अध्ययन नगरेको आरोप लगाएका छन् । नेपाल सरकारको तथ्याङ्क भन्दा बढी एचआइभी संक्रमित महिलाको संख्या हुनसक्ने उनीहरूको भनाई छ ।
राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको तथ्याँक अनुसार नेपालमा हाल एचआइभी संक्रमित महिलाको संख्या १० हजार २ सय ६३ रहेको छ ।
Comment Here!