सुनसरीमा वढदै हिंसाविरुद्ध सचेतना


अदालतमा मुद्दा पर्ने क्रम बढ्दै

प्रकाशित मिति :2016-07-28 11:49:53

महिला खबर

सुनसरी । सुनसरी जिल्ला अदालतमा गतवर्ष आर्थिक वर्षमा ६७ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भए । २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ६७ वटा जर्वरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्याकं जिल्ला अदालत सुनसरी सँग छन् । अदालतका अनुसार यो सँख्या अघिल्लो वर्ष भन्दा १५ प्रतिशतले वढी हो ।  अदालतमा दर्ता भएका जर्वरजस्ती करणीमा दर्ता भएका यी मुद्दा मध्ये एक वर्षमा ३८ वटा  फैसला  भएका छन् । आर्थिक वर्ष २०७१–०७२ बाट जर्वरजस्ती करणीका ८ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए । योसहित  वर्षदिनभित्र

दर्ता भएका गरि  ७५ वटामध्ये अब ३७ वटा फैसला  हुन बाँकी रहेको जिल्ला अदालत सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीस रमेश पोखरेलका अनुसार पछिल्लो समयमा हिंसाविरुद्ध निवेदन दिने र  दोषीलाई उन्मुक्ति नदिनका लागि मुद्दा दर्ता गर्नेको संख्या बढ्न थालेको छ ।  पीडित तथा तिनको परिवारका सदस्यमा हिंसा सहेर वस्नु हुँदैन भन्ने सचेतना वढेकाले दोषीले उन्मुक्ति नपाउने उहाँको भनाई छ ।

महिला बिकास अधिकृत रश्मी श्रेष्ठ महिला विकास कार्यालयले पनि वाक्लै गरि जनमानसमा हिंसाविरुद्धको अभियान सन्चालन गर्दै आएको वताउनुहुन्छ । गाँउ गाँउ पुगेर तालिमलगायतका सचेतना कार्यक्रम गरेकाले हिंसाविरुद्ध सचेतना बढेको उहाँको दाबी छ ।

जिल्ला अदालत सुनसरीमा एक वर्षमा १ सय २२ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा ५७ वटा फछर्यौट भएका छन् । आर्थिक वर्ष २०७१–०७२ बाट जिम्मेवारी सरि आएका ८ वटा मुद्दासहित अब ७३ वटा फर्छ्यौट हुन बाँकी छन् ।

यस्तै, ४ सय ७५ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा ४ सय १४ वटा फर्छ्यौट भएका छन् । अब १ सय ८३ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छन् । सम्बन्ध बिच्छेदका १ सय २२ वटा मुद्दा आर्थिक वर्ष २०७१–०७२ बाट जिम्मेवारी सरी आएका थिए । एक वर्षको अवधिमा दशवटा मानव वेचविखनका मुद्दा दर्ता भएका छन् । जसमा २०७१–०७२ बाट ३ वटा मुद्दा जिम्मेवारी सरि आएका थिए । अब फर्छ्यौट हुन पनि ३ वटै मुद्दा बाँकी रहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

सुनसरीमा अझै पनि यदाकदा हिंसाका घटना गाँउमै पञ्चायति वसेर मिलाउने,गाँउको जान्नेवुझनेले जे भन्छन वा दलका नेताहरुको इशारामा मिलाउने गरिएको समेत पाइन्छ । तर पछिल्लो समय हिंसा विरुद्ध मुद्धा दर्ता गर्ने क्रम भने वढेको छ ।बिभिन्न सँघ सस्था र सञ्चारमाध्यमहरु हिँसा विरुद्ध सचेतना कार्यक्रममा जुटेकाले यस्तो अवस्था सृजना भएको वताउनुहुन्छ मानवअघिकार सञ्चाल सुनसरी सँयोजक रमेश भटटराई । उहाँका अनुसार गाँउ गाँउमा महिला समूह गठन गरिएको छ । केही घटना भए त्यसको जानकारी सुरुमै महिला समूहमा आउछन । महिला समूह मार्फत गाँउमा कृयाशिल विभिन्न सघसस्थाहरुको सँयूक्त  प्रयासमा मुद्धा दर्ता गरिन्छ  । सचेतना स्तर वढेका कारणनै यस्तो अवस्था आएको सँयोजक भटटराईको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: