महिला खबर
कपिलवस्तु । अविरल वर्षासँगै आएको पहिरोले अर्घाखाँची सिद्धाराका कर्ण बहादुर आलेको गोठ पुर्दा उहाँकी ५४ वर्षीया श्रीमती मान कुमारी आलेको ज्यान गएको छ । माथिबाट आएको पहिरोले गोठ पुरेपछि गोठमा सुतिरहेकी आलेको घटनास्थलमै ज्यान गएको हो ।
त्यसैगरी छुट्टाछट्टै स्थानमा खोलाले बगाउँदा अर्घाखाँचीमा २ जना बेपत्ता भएका छन् । स्थानिय डुग्रंखोलाले बगाउँदा अर्घाखाँची पोखराथोक ९ की २७ वर्षीया दानी कुमारी राजकोटी बेपत्ता हुनुभएको छ ।
डुग्रेखोला पार गर्नेक्रममा चिप्लिएर पुलबाट खसेर राजकोटी बेपत्ता हुनु भएको हो । उता सन्धिखर्क बागीखोलाले बगाउँदा अर्घाखाँची अर्घा ५ घरभई हाल सन्धिखर्क १३ मा बस्दै आएका पदम बहादुर बिक बेपत्ता भएका छन् । दुवै जनाको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
पहिरो जाँदा गएरातीदेखि अवरुद्ध भएको गोरुसिंङ्गे सन्धिखर्क सडकखण्ड संचालनमा आएको छ । सडकखण्डको सन्धिखर्क ७ रातामाटामा पहिरो जाँदा गएरातीदेखि अवरुद्ध भएको सडक खुलेपछि रोकिएका दर्जनौ सवारीसाधन आ–आफनो गन्तब्य तर्फ लागेका छन् ।
Comment Here!