महिला खबर
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लगिँदै गरेका दुईजना महिलाको उद्धार गरिएको छ ।
किर्गिस्तानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी २० वर्षीया र रामेछापकी २१ वर्षीया युवतीको सीमा नाकामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयँ ।
उद्धार गरिएका युवती माइती नेपालको संरक्षणमा छन् । युवतीलाई भारततर्फ लग्ने सिन्धुपलाञ्चोकका ४० वर्षीय विनोद तामाङ र सिन्धुलीका ४७ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने संयोजक भट्टले बताउनुभयो ।
Comment Here!