कस्तो बन्छ नयाँ सरकार ?


प्रकाशित मिति :2016-07-28 16:59:08

महिला खबर
ललितपुर । नयाँ सरकार बनाउन गृहकार्यमा जुटिरहेका दलले  मन्त्रिमण्डल समावेशी बनाउने प्रयासमा लागि रहेको बताएका छन् । नयाँ समिकरण बनाएर सरकारमा जाने तयारी गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संविधान कार्यान्वयन मुख्य कार्यभार भनेका छन् । नयाँ संविधान कार्यान्वयन मन्त्रिमण्डल गठनदेखि नै हुनुपर्ने धारणा नागरिक समाजबाट व्यक्त हुँदै आएको छ ।  नयाँ संविधानमा महिला भएकै कारण उनीहरूमाथि कहीँकतै विभेद नगरिने उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा ९ मा समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद गठन गर्नुपर्ने उल्लेख छ।  तर नयाँ संविधान जारी भएपछिका सरकारमा महिलाको न्यून  सहभागिता रह्यो । यसअघि प्रधानमन्त्री केपी ओलीको ५ पटक विस्तारित ४० सदस्यीय मन्त्रिपरिषदमा  ५ जना महिला थिए । ती मध्ये ३ जना राज्यमन्त्री थिए ।

ramchandra-congressअब बन्ने सरकारमा नेपाली काँग्रेसले पार्टीमा गरेको योगदानका आधारमा मन्त्री बनाउने तयारी भइरहेको नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।  पौडेलले  राजनीतिमा दुःख पाएका र जेलनेल सहेका साथीहरूलाई प्राथमिता दिँदै समावेशी मन्त्रिमण्डल बनाउन प्रयास गर्ने बताउनुभयो  । महिला खबर डटकमसँग कुरा गर्दै नेता पौडेलले राजनीतिक समीकरण हेरेर  लामो संघर्ष गरेका साथीहरूलाई मिलाएर समावेशी बनाउने बताउनुभयो ।

तपाइको दलका तर्फबाट सरकारमा जाने समूहमा एकतिहाइ महिला सहभागिता हुन्छ कि हुन्न भन्नेPampha bhusal जिज्ञाशामा उहाँले भन्नुभयो ‘सकेसम्म समावेशी बनाउने प्रयासमा छौं, संविधानमा लेखिएका सवै कुराको कार्यान्वयन एकैरातमा हुँदैन, जत्तिको तत्ति हुन्छ कि हुन्न भन्न सकिन्न ।’

सरकारमा जाने तयारीका लागि गम्भीर छलफलमा रहेको अर्को साझेदार  नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई समावेशी बनाइने बताएको छ । महिला खबरसँगको छोटो कुराकानीमा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले मन्त्रिमण्डलमा जाने टिम समावेशी हुने बताउनुभयो ।

बाँकी कुरा बैठकले तय गर्ने उहाँको भनाइ थियो । माओवादी केन्द्ले विहीवार पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छनौटका लागि मापदण्ड बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: