महिला खबर
ललितपुर । गतचार दिनदेखि आएको बाढी, पहिरो र डुवानलगायतका प्राकृतिक विपद्बाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा पर्ने गर्भवती महिला र बालबालिकालाई संरक्षणको पहिलो प्राथमिकतामा राख्न केन्द्रिय वालकल्याण समितिले अनुरोध गरेको छ ।
समितिले विज्ञप्तिमार्फत प्राकृतिक विपद्बाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा पर्न सक्ने समुदाय गर्भवती महिला र बालबालिका हुने भएकोले उनीहरूको संरक्षणलाई प्राथमिकतामा राख्न अनुरोध गरेको हो ।
देशका विभिन्न जिल्लाहरुमा ठूलो संख्यामा जनधनको क्षति भईरहेको घटनाले अत्यन्तै मर्माहत भएको र विपदले आम जनजीवन समेत कष्टकर हुन पुगेको भन्दै उद्दार, सहयोगका लागि सम्बन्धित निकाय तथा संघसंस्थासंग समन्वय एवम् सहकार्य गर्दै सक्रियता अपनाउन सबै जिल्ला बालकल्याण समितिलगायत बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई समितिले आह्वान गरेको छ ।
Comment Here!