धनु राई
ओखलढुंगा । च्यानममा करेन्ट लागेर आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा च्यानम आग्राखेका ९८ वर्षीया देबकुमारी कट्वाल र उनकी ५५ वर्षीया छोरी बालकुमारी कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घरबाट कटेजसम्म लगेको विजुलीको तार चुडिएर उनीहरूलाई करेन्ट लागेको अवस्थामा फेला पारेको घटनास्थलबाट नेपाली कांग्रेस च्यानम गाउँ कार्य समितिका सभापति भुपध्वज कट्वालले बताउनुभयो ।
उनीहरूलाई बुधवार बिहान करिब ११ बजे गोठ र घरको बिचमा रहेको भैसीको थलोमा मृत अवस्थामा फेला पारेको उहाँको भनाई छ । विजुलीको तार एउटा भैँसीको थलो माथि र अर्को तार घर भित्र चुडिएको अवस्थामा फेला परेको कट्वालको बताउनुभयो ।
करेन्ट लागेर छोरी बालकुमारीको शरीरका बिभिन्न भाग जलेको छ भने आमा देबकुमारीको शरीरमा कुनै निशान नदेखिएको सभापति कट्वालले बताउनुभयो । उहाँका अनुसार ९८वर्षीया देबकुमारी च्यानम गाबिसकै जेठी नागरिक हुन् । उनलाई छोरी बालकुमारीले पालनपोषण गर्दै आएकी थिईन् । सो स्थानमा मोलुङखोल लघुजलबिद्युत प्रथम हाईड्रो पावरको विद्युतलाईन प्रसारण भैरहेको छ ।
Comment Here!