साना साना कामले दियो ठूलो खुशी


प्रकाशित मिति :2016-07-29 13:19:08

दुर्गा देवकोटा
टीकापुर । दिगो विकास महिला सञ्जाल नामक संस्थाले आर्थिक वर्ष २०७०/२०७१ मा सञ्चालन गरेको सिलाइकटाई तालिम पाएका १४ जना महिलाले आ–आफ्नो व्यवसाय शुरु गरेका छन् । टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा संस्थाले विपन्न वर्गका महिलालाई लक्षित गरी एक महिने सिलाईकटाई तालिम सञ्चालन गरेको थियो । तर, एक महिने तालिम उनीहरूलाई व्यावसाय सञ्चालन गर्नका लागि पर्याप्त भएन । संस्थाले पुनः छ महिने तालिम सञ्चालन गर्‍यो र त्यसपछि उनीहरू सबै आ–आफ्नो व्यवसाय खोल्न हौसिए ।

Bet

संस्था आफैंले १२ वटा सिलाई मेसिन खरिद गरेको छ । संस्थाकी अध्यक्ष चन्द्रावती शर्माले भनिन्–हामीले एक मेसिन मासिक डेढ सय रुपैया“ भाडामा दिने गरेका छौं । त्यही मेसिनको सहयोगमा हाल १४ जना महिलाले सिलाई पसल खोलेर बसेका छन् । उनंले तालिम लिएकामध्ये केही समूह आवद्ध भएर व्यावसाय गरिरहेका छन् भने कोही व्यक्तिगत रूपमा । टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७०/०७१ मा स्थानीय विकास शुल्क कोष कार्यक्रमअन्तर्गत लक्षित समूह कार्यक्रमको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

त्यस्तै, २०७०/०७१ सालमा भृकुटी महिला बचत समूहका सदस्यहरू पनि च्याउखेती तालिमपछि स्वरोजगार भएका छन् । उनीहरूले च्याउखेतीको सिजनमा च्याउखेतीबाट ५० हजार रुपैयाँसम्म समूहमा जम्मा गर्ने गरेका छन् । समूहका सदस्यहरूले च्याउखेतीको सिजनपछि बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७०/०७१ मा १० लाख ३३ हजार ७ सय ३५ रुपैयाँ, २०७१/७२ मा १९ लाख ८४ हजार तीन सय ३५ रुपैयाँ तथा चालू आर्थिक वर्ष २०७२/०७३ मा १४ लाख ८४ हजार तीन सय ७६ रुपैयाँ महिला सशक्तिकरणका लागि खर्च गरेको जनाइएको छ ।

नगरपालिकाले लक्षित समूह कार्यक्रम अन्तर्गत बाख्रापालन, तरकारी खेती, मुढा बनाउने तालिम, बाख्रा वितरण, बंगुर वितरण, माछापालन, नेतृत्व विकास, क्षमता विकास, शैक्षिक सामग्री वितरणलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्थानीय स्वायत्त शासन ऐन अनुसार लक्षित समूह भन्नाले ‘आर्थिक रुपमा विपन्न वर्गका महिला एवं बालबालिका तथा आर्थिक र सामाजिक रुपमा पिछडिएका वर्गहरू (सबै जातजातिका विपन्न वर्गहरू, जेष्ठ नागरिक, दलित, आदिवासी/जनजाति, भिन्न क्षमता भएका ब्यक्तिहरू, मधेसी, मुस्लिम तथा पिछडा वर्ग) एवं नेपाल सरकारले लक्षित समूह भनी तोकेका वर्ग एवं समुदाय’ लाई राखिएको छ । लक्षित समूह विकास कार्यक्रम अन्तर्गत स्थानीय निकायले सबै जातजातिका विपन्न वर्गका महिलाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम आयोजनाका लागि न्यूनतम १० प्रतिशत बजेटको व्यवस्था गरेको छ । त्यस्तै, बालबालिकाका लागि १० र आदिवासी, जनजाती, जेष्ठ नागरिक, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडा वर्ग आदिका लागि १५ प्रतिशत रकम विनियोजन गर्नुपर्ने प्रावधान छ ।

टीकापुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख देवीप्रसाद आचार्यले समावेशी विकासको अवधारणा बमोजिम लक्षित समूह र क्षेत्रलाई मूल प्रवाहीकरण र सशक्तिकरण गरी समावेशी विकासलाई संस्थागत गर्ने उद्देश्यले स्थानीय निकायले लक्षित समूहका लागि लगानी गर्दै आएको बताए । उनले भने– सामाजिक परिचालनका माध्यमबाट अतिविपन्न र विकासमा पहुँच नभएका परिवारलाई उनीहरूको क्षमता बढाउंदै विकास प्रक्रियामा मूल प्रवाहीकरण गर्ने स्थानीय .निकायको उद्देश्य हुन्छ ।

सरकारी तथा गैरसरकारी निकायको निरन्तरको प्रयासपछि पछिल्ला केही वर्षयता महिला सशक्तिकरणमा उल्लेख्य सुधार आएको तथ्यांकले देखाएका छन् । जिल्ला विकास कैलालीका सूचना अधिकारी योगेन्द्र ओझाका अनुसार पछिल्लो समय स्थानीय निकायमा योजना माग गर्न आउने महिलाको संख्यामा बृद्धि आएको छ । ‘जिविसमा कार्यक्रमसहित बजेट माग गर्न आउने महिलाको संख्यामा बृद्धि आएको छ’ सूचना अधिकारी ओझाले भने– तर, महिलाका लागि विनियोजन हुने बजेट र कार्यक्रममा सबै समुदाय तथा वर्गका महिलाको न्यायोचित प्रतिनिधित्व र पहूँच बढाउन प्रयास गरिनु पर्दछ ।

स्थानीय निकायले कुल बजेटको साधारण खर्च कटाएर बाँकी रकममध्ये ३५ प्रतिशत महिला, बालबालिकासहित लक्षित समूहलाई छुट्टयाउनै पर्ने नीतिगत व्यवस्था भएपछि ग्रामीण क्षेत्रका महिला पनि जागरुक बन्दै गएका छन् । कैलालीको नारायणपुरकी शान्ति खड्काले भन्छिन्– गाविसको बजेटमा ग्रामीण महिलाको पहुँचमा बृद्धि भइरहेको छ ।

Mushrrom

लक्षित समूह कार्यक्रम अन्तर्गत क्षमता अभिबृद्धिका साथै भौतिक संरचना निर्माणमा समेत विनियोजन गर्ने गरिएको छ । आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला विकास समिति, कैलालीले महिला समूह कार्यक्रम बजेटमध्ये १५ लाख रुपैयाँ छुट्टाएको थियो । पारदर्शिता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, हसुलियाकी गीता चौधरीले जिविसको चार लाख रुपैयाँ सहयोग पाएपछि सहकारी भवन निर्माण गरेको बताइन् । ‘संस्थालाई कोठाको अभाव थियो’ उनले भनिन्– जिविसबाट सहयोग पाएपछि तला थप्यौं ।

त्यस्तै, पूर्वाधार विकास कार्यक्रम अन्तर्गत टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयले जिविसको पा“च लाख रुपैया“ र टीकापुर नगरपालिकाको सहयोगबाट माथिल्लो तलामा दुई कोठा थपेको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले भवनको अभावमा चौरमा बसेर पढाउनुपर्ने समस्या टरेको बताए । ‘भवन निर्माणपछि छात्रालाई बढी सहज भएको छ । चौरमा बसेर पढ्नुपर्दा छात्रालाई बढी कठिन हुन्छ’ उनले भने ।

जिविसले लक्षित वर्गका प्रायः कार्यक्रम संघसंस्थामार्फत् सम्पन्न गर्ने गरेको छ । यसवर्ष धनगढीस्थित खप्तड बहुउद्देश्यीय विकास केन्द्रले मोहन्यालमा बाख्रापालन तालिम सञ्चालन गरेको छ । केन्द्रका अध्यक्ष खडकबहादुर मल्लले भने– स्थानीय निकायबाट ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनमूलक कार्यक्रम विस्तार गर्नु आवश्यक छ ।

त्यस्तै, युवा पैरवी मञ्च, धनगढीले गदरिया गाविसमा जिविसबाट प्राप्त ५० हजार रुपैयाँको  सहयोगमा माछापालन तालिम आयोजना ग¥यो । त्यस्तै, कैलालीको थापापुरमा च्याउखेती तालिम भएको छ । त्यस्तै, जिविसको सहयोगमा मेरिना आमा समूहले महिलाका लागि बंगुपालन तालिम दिएको छ । त्यस्तै, रतनपुर गाविसमा पनि बंगुरपालन तालिम भएको छ । जिविस, कैलालीको सहयोगमा समृद्ध समाज, कैलालीले जानकीनगर गाविसमा तरकारी खेती तालिम सञ्चालन गर्‍यो । आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला विकास समितिले महिला लक्षित कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नेता ललिता सुनार स्थानीय निकाय (जिल्ला विकास, नगरपालिका/ गाविस) का हरेक परिष्दमा महिला सहभागिता बृद्धि गर्दै जानुपर्ने बताउ“छिन् । ‘परिषद्हरूमा महिलाको सहभागिता बृद्धि हुँदैजाँदा महिलाका पक्षमा योजना तर्जुमा गर्न र बजेट बढाउन मद्दत पुग्छ’  सुनारले भनिन् । नारी सिल्पकला विकास केन्द्र, टीकापुरकी अध्यक्ष बिष्णुदेवी रावल स्थानीय निकायको बजेट तथा कार्यक्रम अझ बढी समावेशी र समानुपातिक बनाउनुपर्ने सल्लाह दिन्छिन् ।

जिल्ला विकास समितिले लक्षित समूह कार्यक्रम अन्तर्गत महिलाका लागि क्षमता विकास, आयआर्जन, नेतृत्व विकास, सीपमूलक तालिमलगायतका शिर्षकमा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, गाविस तथा नगरपालिका/उपमहानगरपालिकाले पनि लक्षित समूह कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

जिविसका योजना शाखाका खरिदार गुनसिंह चौधरीले भने– स्थानीय निकायले कूल बजेटको १० प्रतिशत महिलाका लागि छुट्याउने गरेको छ । हामीले सबै गाविसका महिलालाई समेट्ने प्रयास गरेका हुन्छौं । तर, समेट्नेका नाममा जसरी पनि बजेट सिध्याउने भन्दा पनि उपलब्धीतर्फ ध्यान दिने गरेका छौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: